शुक्लाफाँटाका जोशी भाई बहिनीलाई कुटपिट गरी लुटपाट गर्ने बेदकोटका दुई जना पक्राउ

lotus institute

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ५ को अर्जुनी जंगलमा बुधवार साँझ कुटपिट तथा लुटपाट गरी फरार भएका बेदकोट नगरपालिका २ दैजी का २२ वर्षीय कमल चौधरी र सोही ठाँउका २७ वर्षीय राजु डगौरा पक्राउ परेका छन् ।

Mahendranagar

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेको बताए ।

morning glory

द्रोपतीले घाटीमा लागाएको ८ (आठ) आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । से.२ प ८३६२ नम्बरको मोटरसाईकलमा सवार दुबैजनाको नामथर खुलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

saark school
सम्बन्धित
Loading...