ghar sansar

विकल्प दैनिकका प्रधान सम्पादक धामी प्रेस काउन्सिलको आचार सँहिता पुरस्कारका लागि छनौट, शनिबार प्रदान गरिने

महेन्द्रनगर । आजको नयाँ विकल्प दैनिकका प्रधान सम्पादक माधव सिह धामी प्रेस काउन्सिल नेपाललको आचार सँहिता पुरस्कारका लागि छनौट भएका छन् ।

तीन दशकदेखि पत्रकारितामा सक्रिय धामीलाई प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा असोज ६ गते शनिबार पुरस्कार प्रदान गरिने भएको छ ।

mantra hos123

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा धामीलाई पुरस्कार प्रलान गरिने भएको छ ।

पत्रकारितामा लामो समयदेखि योगदान पुगाएका विभिन्न पत्रकारलाई सम्मान सहित वार्षिकोत्सवमा पुरस्कृत गर्ने तयारी गरिएको छ ।

यसैगरी प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

धामी नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष पनि हुन् ।

Himal dental
सम्बन्धित
Loading...