ghar sansar

३६ लाखको नयाँ भवनमा ताला, विद्यार्थीलाई खोला किनार पठनपाठन

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका– १ स्थित गडदेव आधारभुत विद्यालयको भवन निर्माण सकिएर पनि विद्यार्थीले कक्षा कोठामा पढ्न पाएका छैनन् । भवन निर्माणको भुक्तानी नहुँदा पठनपाठन हुन नसकेको हो ।

आर्थिक वर्ष ०७७÷०७८ कार्तिकमा परेको अबिरल वर्षाका कारण पुरानो विद्यालय भवन बगाएपछि राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमबाट ४ कोठे भवनका लागि ३६ लाग बजेट विनियोजन भएको थियो ।

mantra hos123

तर भवन निर्माणको काम सम्पन्न हुँदा समेत गाउँपालिकाले पुरा रकम भुक्तानी नगरेपछि निर्माण समितिले नयाँ भनवमा पठनपाठन हुन दिएको छैन् ।

गाउँपालिकाका जनप्रतिनिधिहरुले बिद्यालयमै आएर मौखिक रुपमा व्यवस्थापन समितिसंग सम्झौता गरेर काम गर्न लगाएपनि निर्माण सम्पन्न भइसक्दा समेत पुरा रकम भुक्तानी नगरेको निर्माण्को जिम्मा पाएक केशव घटालले बताए ।

उनले भने, ‘जनप्रतिनि आएर मौखिक रुपमा सम्झौता गर, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रकम प्राप्त भएको छ, ४ कोठे भवन निर्माण गर्नुपर्छ भनेपछि समितिले भवन तयार पारेको हो तर पुरै रकम भुक्तानि भएको छैन् ।’
‘हामीले आफ्नो लगानिमा विद्यालय भवन निर्माण गरेका छौँ । लिखित रुपमा सम्झौता भएन् पालिकामै के–के गर्यो हामीलाई लिखित सम्झौता इष्टिमेटको प्रतिलिपि दिइएको छैन् उनले भने ।

रकमको माग गर्दा पालिकाले रकम घटाएर बिल अनुसार भुक्तानी नदिएको घटालको भनाई छ । वास्तविक मुल्याङ्न गरेर भुक्तानी हुनुपर्ने आफुहरुको माग रहेको उनको भनाई छ ।

‘भवन तयार भइसकेको छ । वास्तविक मुल्याङ्कन गरेर भुक्तानी गरिदिन माग गरिरहेका छौँ । विद्यालयमा आएर अनुगमन गरिदिन पनि गाउँपालिकालाई पटक–पटक माग गरिरहेका छौँ, तर पालिकाले वोवास्ता गरिरहेको छ’ उनले भने ।

यता गाउँपालिकाका इञ्जिनियर घनश्याम मैनालीले भने सम्झौता अनुसारको रकम सबै भुक्तानी भइसकेको बताए । उनले पालिकाबाट दिनु पर्ने सम्झौता अनुसारको रकम भुक्तानी गरिसकेका छौँ ।’

२०७७ कार्तिक ४ गतेको अबिरल बर्षाका कारण आएको बाढीले बिद्यालय भवन बगाएपछि विद्यार्थीहरु अहिलेसम्म पनि खोला छेउमा पढ्न बाध्य भएका छन् । गाउँपालिकाको वेवास्ताका कारण विद्यार्थीहरुले सास्ती भोग्नु परेको अभिभावकहरुको गुनासो छ ।

चिसो कठ्याङ्ग्रिदो मौसमा विद्यार्थीहरु स्वास्थ्यलाई जोखिममा राखेर खोला छेउमै पढ्न बाध्य छन् । विद्यालय भवन भत्केको दुई वर्ष वित्न लाग्दासम्म पनि विदार्थीहरुलाई बाहीरै पढाउन बाध्य भएको प्रधानाध्यापक निर्मला चन्दले बताइन् ।
‘विद्यालयका भवन सबै बाढीले भत्कायो । अहिले सम्म बिद्यार्थीहरुलाई जोखीममा राखेर खोला किनारमै पढाउन बाध्य छौँ । सम्बन्धित निकायको चासो नै छैन, छिटो समस्या समाधान गरेर विद्यालयको पढाईका सन्र्दभमा नजरअन्दाज गर्न नहुने हो’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...