ghar sansar

सुर्योदय सहकारीमा बर्सेनी बढ्दै शेयरधनी, पाँच हजार हाराहारी पुगे

महेन्द्रनगर । सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.मा एक वर्षमा ६ सय बढी शेयर सदस्य थपिएका छन् । गत आर्थिक वर्षमा ६ सय ६६ जना थपिएर हाल ४ हजार ७ सय ८३ शेयर सदस्य पुगेका छन् ।

२०६५ मा ३० शेयर सदस्यबाट सहकारी सञ्चालन गरिएको थियो । अघिल्लो आर्थिक वर्षसम्म सहकारीमा ४ हजार १ सय १८ शेयर सदस्य थिए ।

lotus institite

शेयर सदस्य थपिएपछि सहकारीको शेयर पूँजी बढेर ३ करोड ६८ लाख ४७ हजार पुगेको छ । यो गत आर्थिक वर्षको असार मसान्तको पूँजी हो । अघिल्लो आर्थिक वर्षसम्म २ करोड ५५ लाख शेयर पूँजी थियो ।

सहकारीले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ करोड ८६ लाख ऋण लगानी र २० करोड ६३ लाख १३ हजार निक्षेप संकलन गरेको छ ।

सहकारीको १५ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको हालसम्म ८ करोड ७ लाख ऋण लगानी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्यमा गरिएको साधारण सभा उद्घाटन समारोहमा सहकारीका अध्यक्ष ईश्वरी प्रसाद खरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोरोना महामारीको असहज अवस्थामा पनि सहकारीलाई सबै शेयर सदस्यको साथ सहयोगले अघि बढाएको बताए ।

daimond public

अहिले पनि आर्थिक मन्दीले सहकारी सञ्चालनमा समस्या देखिएको उनको भनाई थियो । कार्यक्रममा अध्यक्ष सहकारीले उत्पादनमुलक कार्यका लागि ऋण लगानी गर्दै आएकाले लघुबित्त संस्थाले जसरी तीज मनाउन, दर खुवाउन रकम नदिने बताए ।

सहकारीले यस वर्ष एक हजार शेयर सदस्य थपेर शेयर पूँजी ५ करोड पुगाउने लक्ष्य लिएको छ । सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा शेयर सदस्यलाई १२ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

यसैगरी शेयर सदस्य वा सदस्यका घरका कुनै सदस्य विरामी भएमा एक महिनाका लागि तत्काल २५ हजार सहुलियत ऋण दिने, सूर्योदय सहकारीको एप्स बनाउने, एसइई परीक्षामा उत्कष्ठ हुने शेयर सदस्यका सन्तानलाई पुरस्कार दिने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने लगायतका कार्यक्रम प्रस्ताव गरिएका छन् ।

साधारण सभा उद्घाटन समारोहमा सहकारीका कोषाध्यक्ष विष्णु प्रसाद खरेलले आर्थिक तथा लेखा समितिका संयोजक सुरेन्द्र केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य रानाले आफ्नो पाँच वर्षे कार्यकालभित्र सहकारीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष सुरेन्द्र विष्ट, कृष्णपुर नगरपालिकाका निवर्तमान मेयर कर्ण बहादुर हमाल, कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्ट, भीमदत्त नगर स्तरीय सहकारी सञ्जालका सचिव मोहन बहादुर चन्द, भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमला भाट लगायतका सहभागी भएका छन् ।

सहकारीका सचिव ध्रुबराज पण्डितले कार्यक्रम सञ्चालन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...