

महेन्द्रनगर । भाँसीस्थित ब्रिक्सटन कलेजमा गरिएको कोड फेस्ट २०८० प्रतियोगितामा कैलालीको नास्ट कलेज उत्कृष्ट भएर काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिातका लागि छनौट भएको छ ।
कोड फर चेन्जले आयोजना गरेको प्रतियोगितामा नास्ट सहित जनज्योति क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, ब्रिक्सटन कलेज र सिद्धनाथ विज्ञान क्याम्पसले प्रतिस्पर्धा गरेका थिए ।


आईटीका विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गरी व्यवहारिक प्रयोग र अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको छ ।
गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसनमा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरी गरिने प्रोजेक्ट बसेका कामका आधारमा प्रतिस्पर्धा गरी विभिन्न अवसर प्रदान गरिने आयोजक संस्थाका लिडर चन्द्रमोहन भट्टले बताए ।
धनगढीको नाष्ट कलेजको टीम अक्टोबर ९, १० र ११ मा काठमाण्डौमा हुने कोड फर चेन्जको राष्ट्रिय प्रतियोगितामा सहभागी बताइएको छ ।

