ghar sansar

संघीय निजामती ऐन विरुद्ध शुक्लाफाँटाका कर्मचारी संगठित, संघर्ष समिति गठन

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा मोहनराज फुलाराको अध्यक्षतामा एघार सदस्यीय स्थानिय कर्मचारी अधिकार संघर्ष समिति गठन गरिएको छ ।

संघर्ष समितिको उपाध्यक्षमा गीता भट्ट जोशी, सचिवमा राजेन्द्र बहादुर सिंह, कोषाध्यक्षमा लक्ष्मीदत्त पाण्डेय, सदस्यहरुमा श्यामलाल डगौरा, कृष्ण बहादुर कार्की, जयराम शाह, गंगा कुमारी दहाल अर्याल,करन बुढाऐर, दिपक चुनारा, गोविन्द साउद रहेका छन ।

,orning glory badhai

संघर्ष समितिको सल्लाहकार समितिमा टिकेन्द्रराज भट्ट, प्रमानन्द भट्ट, रुद्र बहादुर ओली छन् । जिल्ला स्तरीय प्रतिनिधिमा मोहन फुलारा, सुरेश भट्ट, कृष्ण बहादुर कार्की केन्द्रिय प्रतिनिधिमा रामप्रसाद भट्ट, लोकेन्द्रराज भट्टलाई चयन गरिएको छ ।

dirghayi clinic

नगरपालिकाका अधिकृत रामप्रसाद भट्टको संयोजकत्वमा रहेको कर्मचारी भेलाले संघर्ष समिति, सल्लाहकार समिति र जिल्ला तथा केन्द्रिय प्रतिनिधि चयन गरेको जनाईएको छ ।

संघीय निजामती ऐनमा स्थानिय तहका माग नसमेटिकोले संघीय निजामती ऐनमा स्थानिय कर्मचारी लाई समेटेनु पर्ने विभिन्न माग राख्दै विरोधमा उत्रिन संघर्ष समिति गठन गरिएको बताईएको छ ।

संघर्ष समितिले प्रमुख प्रशासकीय अधिकृतको पद जेष्ठताको आधारमा स्थानीय सेवा हुनु पर्ने, एक स्थानीय तहबाट प्रदेश भित्रको अर्को स्थानीय तहमा सरुवा हुन कुनै प्रकारको सहमती आवश्यक नपरी अनुमान योग्य चक्रिय प्रणालीमा व्यवस्था हुनु पर्ने, स्थानीय तहको स्थायी कर्मचारीका सबै प्रकारको सेवा सुविधा संघरप्रदेशको अनिवार्य जिम्मेवारीमा हुनु पर्ने माग अघि सारेको छ ।

यसैगरी, संघीय सेवा र प्रदेश सेवामामा जान निश्चित प्रतिशतमा कोटा छुट्टयाएको हुनु पर्ने, त्यसरी छनौट भएका कर्मचारीको सेवा सुविधा जोडिने स्पष्ट व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाको अन्तर प्रदेश सरुवा निश्चित मापदण्ड तोकी संघीय निकायबाट हुने व्यवस्था हुनु पर्ने माग संघर्ष समितिले अघि सारेको छ ।

हाल सम्म कारर्यत रहेका अस्थायी र करारमा खटिएका कर्मचारीहरूलाई निश्चित मापदण्ड तोकी स्थायी गर्ने व्यवस्था हुनु पर्ने, स्थानीय तहका कर्मचारीहरूको हक हितको लागि जिल्ला, प्रदेश र केन्द्रीय तहमा छुट्टै कर्मचारी ट्रेड युनियनको व्यवस्था हुनु पर्ने माग अघि सारिएको छ ।

Himal dental
सम्बन्धित
Loading...