ghar sansar

बैतडीको डिलाशैनीमा स्वतन्त्रको यस्तो चालामाला

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोस प्रकाश जोशी आफूले चाहेका स्थानीयलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन असफल भएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसम्म पत्र पठाएर अध्यक्ष जोशीले प्रमुख प्रशासकीय अधिकृत रोक्न दबाव दिएका थिए । मन्त्रालयले अध्यक्ष जोशीको दबाव वेवास्ता गरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको हो ।

,orning glory badhai

तीन वर्षदेखि रिक्त प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयले रंजन पटेललाई सरुवा गरेको छ । अध्यक्ष जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश सिह बोहरालाई यथावत राख्नका लागि भदौ १२ गते गाउँपालिका उपाध्यक्ष भागीरथी बोहराको हस्ताक्षरित सहित मन्त्रालयमा पत्र पठाएका थिए ।

dirghayi clinic

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघ सरकारले खटनपटन गर्ने प्रावधान छ । स्थानीय तहले आफ्नो चाहना अनुुसार प्रमुख प्रशासकीय अधिकृत खोज्दा संघ सरकारको सरुवा असन्तुष्टि पोख्ने गरिएको छ ।

गाउँपालिकाका अहिलेका निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहरा उपाध्यक्षका आफन्त पर्ने स्थानीय बताउँछन् । मन्त्रालयमा पठाएको मन्त्रालयमा पनि उपाध्यक्ष बोहराले स्थानीय व्यक्ति हुँदा कामकाज गर्न सहज हुने उल्लेख गरिएको थियो ।

‘यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हुँदा यस गाउँपालिकामा जिल्लाभन्दा बाहिरको व्यक्तिबाट कामकाज गराउन सहज नहुने र भनेको समयमा सेवा सुचारु गराउन असहज हुने र बाहिर जिल्लाको प्रशासकीय अधिकृत बढीजसो काज बिदामा बस्ने भएकाले हालसम्म कामकाजको जिम्मेवारीमा रहँदै आएका नि.प्र.प्र.अ.बाट बाह्रै महिना नै जनताले सेवा सुचारु सहजै रुपले पाउने भएकाले तहाँ खटाई आउने प्रमुख प्रशासकीय नखटाई दिन हुन अनुरोध गरिन्छ’ मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ ।

गाउँपालिका अध्यक्ष जोशीलाई स्थानीय तह निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र निर्वाचित भएका छन् । उनको नेतृत्वमा उपाध्यक्ष सहित वडा अध्यक्ष पनि स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...