ghar sansar

बेलौरीका वडा अध्यक्ष पक्राउ प्रकरण : अनुसन्धानका लागि १० दिन म्याद थप, अनुसन्धान अधिकृतले जमानी हाजिरमा छाड्न पनि सक्ने

Amity

महेन्द्रनगर । अवैध रुख कटान गरेको आरोपमा पक्राउ परेका बेलौरी नगरपालिका ६ वडा अध्यक्ष भोजराज चौधरीमाथि अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ ।

बेलौरी नगरपालिका ६ स्थित बैशाखा भन्सार कार्यालय हाताभित्र साउन १३ गते गरिएको झाडी सफाईका क्रममा रुख काटिएपछि आइतबार चौधरीलाई डिभिजन वन कार्यालयले पक्राउ गरेको थियो ।

lotus institite

डिभिजन वन कार्यालयको हिरासतमा राखिएका वडा अध्यक्ष चौधरीमाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले १० दिनको म्याद दिएको डिभिजन वन अधिकृत भीम प्रसाद कँडेलले बताए ।

‘भन्सार मातहत कार्यालयको परिसरमा रुख काटिएका छन्, वडा अध्यक्षले सूचना गरी झाडी फँडान गरेको रहेछ, अनुमति नलिई रुख कटान गरिएकाले अनुसन्धानका लागि पक्राउ गरी म्याद थप गरिएको छ’ उनले भने ।

डिभिजन वन कार्यालयले चौधरीमाथि अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवलाई अनुसन्धान अधिकृत बनाएको छ । आइतबार यादवले वडा अध्यक्ष चौधरीलाई कार्यालयमा बोलाएर पक्राउ गरी हिरासतमा पठाएका हुन् ।

रुख कटान सम्बन्धि कार्यालयमा परेको उजुरी सम्बन्धि जानकारीका लागि वडा अध्यक्ष चौधरीलाई आइतबार बोलाइएको थियो ।

छोटी भन्सार सञ्चालन हुने भन्दै साउन १३ गते वडा कार्यालयले भन्सार परिसरमा सरसफाई गरेको थियो । सरसफाईका क्रममा कार्यालय परिसरका केही रुख काटिएका थिए ।

झण्डै दुई महिनापछि वडा अध्यक्षलाई मुद्दा लगाएर पक्राउ गरिएपछि उनलाई फसाउन खोजिएको भन्दै आक्रोश पोखिएको छ ।

डिभिवन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले कर्याालयमा उजुरी आएपछि अनुसन्धान सुरु गर्दा ढिलो भएको बताए । ‘उजुरी आएपछि कैलाली भन्सार कार्यालयलाई सोध्यौ, अन्य प्रक्रिया पनि मिलाउन समय लाग्यो’ उनले भने ।

वन कार्यालयका अधिकारीहरु अनुसन्धान अधिकृतले उनलाई हाजिर जमानीमा पनि छाड्न सक्ने बताएका छन् । ‘म्याद थप भए पनि अनुसन्धान अधिकृत सरकारी वकिलसित सल्लाह गरी जमानी हाजिरीमा पनि छाड्न सक्छ’ ती अधिकृतले भने ।

डिभिजन वन कार्यालयले उजुरी आएपछि भन्सार कार्यालयलाई पत्र पठाएको थियो । भन्सार कार्यालयले २०७८ देखि भन्सार कार्यालय बन्द भएको र रुख कटान सम्बन्धि जानकारी नभएकाले छानबिन गरी कारवाही गर्न आग्रह गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...