ghar sansar

सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । शान्तिका लागि साझा अभियान कोक्यापको मुख्य आयोजना र स्वीट नेपाल,नारी उत्थान केन्द्र, कञ्चनपुर मित्र संघ बैतडी,ग्रामिण सुधार मञ्च डडेल्धुरा,आरडिएन,सिएसएसडि र हुराडस कैलालीको सयुक्त सह आयोजनामा सुदूरपश्चिम प्रदेशको आयोजनामा समाजिक सुरक्षा तथा व्यवस्थापन अन्र्तगत प्रशिक्षण कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ ।

कोक्यापका सुदुरपश्चिम प्रदेश अध्यक्ष अमिर तिरुवाको अध्यक्षता र वेदकोट नगरपालिका नगर उप प्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तब्य आरडिएनका महासचिव मोहन ओडले गरेका थिए भने कार्यक्रमको संचालन ग्रामिण सुधार मञ्चका सदस्य सोनी भण्डारीले गरेकी थिईन ।

,orning glory badhai

वेदकोट नगरपालिका मा रहेका १० वटै वडाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु र नागरिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

dirghayi clinic

कार्यक्रमको प्रशिक्षण वेदकोट नगरपालिका आईटि अफिसर शुनिल चन्दले गरेका थिए कार्यक्रममा समाजिक सुरक्षाका बिषयमा समाजिक सुरक्षा भत्ता लगायत कानुनी ब्यवस्था तथा वडामा भोग्दै आईरहेका समस्यका बारेमा समेत दोहोरो छलफल गरे । यसैगरी कार्यक्रम र त्यसको समाधानका लागि समेत योजनामा छलफल भएको छ । कार्यक्रममा ४५ जना सहभागी कार्यक्रममा कोक्याप काठमाडौका प्रभात भट्ट सहभागी भएका छन् ।

कोक्यापले वेदकोट नगरपालिका वडा न ३ मा समाजिक सुरक्षा भत्ता सम्बन्धि एकदिन अभिमुखीकरण कार्यक्रम गरेको छ । बेदकोट नगरपालिका वडा न १ देखि ५ सम्मका सरोकारवाला निकायका ३० जना सहभागी भएका छन् ।

यसैगरी वेदकोट नगरपालिकाको वडा न ६ मा समाजिक सुरक्षा अन्र्तगत बाल पोषण तथा भत्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम ३५ जनाको सहभागितामा सम्पन्न भएको थियो । सो कार्यक्रमलाई वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख सिद्धराज भट्ट र समाजिक सुरक्षा शाखामा महेष बिष्टले प्रशिक्षण दिए ।

कार्यक्रममा कोक्यापका प्रदेश अध्यक्ष अमिर तिरुवाको सहभागिता र वडा अध्यक्षहरुको अध्यक्षतमा र वेदकोट नगरपालिकाको उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कुरा कोक्यापका प्रदेश फोकल पर्सन गोपाल जोशीले बताए ।

Himal dental
सम्बन्धित
Loading...