

महेन्द्रनगर । दोधारा चाँदनीको स्वतन्त्र समूहले राष्ट्रिय दलसंग समायोजन हुने निर्णय गरेको छ । दोधारा चाँदनीमा बसेको स्वतन्त्र समूहको बैठकले सोमबार समूहलाई आगामी दिनमा राष्ट्रिय दलसंग समायोजन गर्ने निर्णय गरेको हो ।
समूहले समायोजन गर्ने निर्णय गरे पनि कुन दलसंग गर्ने भन्ने निर्णय गरिएको छैन । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्तत्र समूहले मेयर उप मेयर सहित सबै वडामा उम्मेदवार खडा गरी चुनाव लडेको थियो ।


नेकपा माओवादी केन्द्रका पूर्व नेता भीम कुमालले स्वतन्त्र समूहको नेतृत्व गरि रहेका छन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा मेयर र त्यसपछि प्रदेश सभा सदस्य निर्वाचनमा चुनाव लडेका थिए ।
स्वतन्त्र समूहले यस बाहेक सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गने, वडा तथा नगर सम्मेलन गरि समिति चयन गर्ने, किसान, मजदुर, श्रमिकहरुको हकहितका कार्यहरु गर्नुका साथै अनियमितता भ्रष्टाचार विरुद्ध सशक्त रुपमा आवाज उठाउने र सामाजिक कार्यमा अग्रसर हुने निर्णय गरेको छ ।
समूहका संयोजक कुमालले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा स्वतन्त्र समूह राजनीतिक दलसंग समायोजन हुनका लागि सुझाव मागेका थिए ।

