
–डा. केदार कार्की
बरिष्ठ पशु चिकित्सक
रेवीज एउटा भाइरस बाट हुने रोग हो जुन स्तरधारी लाई प्रभावित गर्दछ । प्राय जसो यसले जंगली जनावरलाई प्रगतीशल गर्दछ तर मानीस तथा घरपालुवा पशु पनि जोखीममा हुन्छन् । यो एउटा जुनोटिक रोग हो जुन पशुबाट मानिस तथा मानिसबाट पशु मा सर्दछ । यसमा रोगीको व्इवहारमा परिवर्तन अघिक उत्तेजना पागलपन पक्षघात अनी मृत्यु हुने गर्दछ । यो विषाणुले मानीस तथगा पशुको मस्तीष्क तथा मेरुदण्ड सहित केन्द्रीय स्नायु तन्त्रलाई प्रभावित गर्दछ । ऊष्मायन अवधिमा विषाणु स्नायु नशा बाट मस्तिपक सम्म पुग्दछ । यो प्रकृयामा औसतन एक महिना देखि तीन महिना समय लाग्दछ । तर कहिले काही केही दिन वा केही वर्षपनि लाग्न सक्छ । रेवीज विश्रमु ले दुई रुपमा प्रभावित गर्दछ उग्र एव पक्षघातदा लाटो रुपमा मानिसमा यसलाई हाइडोफोवीयामा जलकांटा भनिन्छ किनकी यस रोग मा घांटीको मासपेसीमा ऐठन हुने हुँदा रोगीले पानी जिउन सक्तैन रेवीज केही देश वाहेक दुनियाको सबै भागमा पाइनछ । कडा नियम तथा रोकथामको प्रभावशाली उपायका कारशा अष्टेलिया न्युजीलेण्ड डेन मार्क ब्रिटेन जस्ता देशमा रेवीजको नामोनिशान छैन । नेपालमा रेवीजविक रुपमा व्याप्त छ ।
कारकः
रेवीज भाइरस रेवडो जीनस लिस्सा भाइरस संग सम्बन्धी छ । यस्को आकार पेस्टोलको गोली जस्तो हुन्छ मस्को लम्बाई १८० नैनो मिटर र व्यास ७५ नैनो मिटर हुन्छ यो विषाण्ु स्नायुतन्त्रको कोशीकामा विकसित हुन्छन् तथा संख्या बृद्धी गर्दछ । तातो रगतभए का पशु यस विषणु को लागि ग्रहणक्षम हुन्छन् । ग्रहण क्षमता सबै जाती मा फरक हुन्छ । कुकुर स्याल ब्यांसो न्याउरी मुसोयस रोगको धेरै ग्रहणक्षम तथा विषाण्ु बाहेक मानिस भैसी भेडा बाख्रा संगुर आदि यस रोबाट ग्रसीत हुने गर्दछन् । यो विषाणु स्नायु तन्तु ऐलष्री ग्लैण्ड बाट यानमा पाइन्छ । धेरै काम यो विषाणु लीझ श्राव दुध तथा पिसावमा पाउन सकिन्छ ।
रेवीजका प्रसार :
रेवीज रोग ग्रसित पशुले टोकनाले धेरै जसो यो रोक फैलीने गर्दछ । मुख्यतः रेवीजबाट ग्रसीत कुकुर विरालो तथा अन्य जंगली पशुहरु जस्तै स्याल ब्यासो बाघ आदिले टोक्दा विषाण्ुको प्रसार हुन्छ । ¥याल विषाण्ुको संचरराको प्रमुख श्रोता मानिन्छ किनकी यो विषाणु ग्रसीत पशुद्धारा चलको माध्इमबाट बाहिर आउँछ विषाणु छिटु तथा छालाको घाउको माध्यमबाट शरीरमा प्रवेश सम्भव छ तथापी यो असमान्य मानिन्छ ।
खुल्ला घाउ श्लेषमा झिल्ली आँखा मुख विषणको लागि सम्भावित प्रवेश द्वार मानिन्छ । सामान्य परिस्थितीमा यो विषाणु हावाको माध्यमबाट फैलीदैन ।
रोग जननः
रेवीज विषाणु काटेका दरफराएको छालाबाट शरीरमाप ्रवेश गर्दछ र शुरुमा स्थानीय ऊतक तथा मासपेशीमा आफ्नो वृद्धी गर्दछ । त्यसपछि विषाणु स्नायु तन्त्रमा प्रवेश गर्छु जस्ले रोग बढ्नुमा भूमिका निभाउँछ । यो विषाण्ु स्पाइन कर्ड को माध्यमबाट मस्तिष्कमा पुग्दछ । विषाणु नस्तिष्कमा पुगे पछि धेरै भागहरुलाई नोक्सानी पु¥याउँछ । यसबाट तन्त्रीका कोशीकाहरु उत्तेजीत हुनाले पशु उग्र हुने गर्दछ । तन्त्रीका कोशीकाहरुको अद्यः पतनले मासपेशीहरुको पक्षघात हुने गर्दछ । यसरी घाटीको मास पेशीहरुको पक्षघाट बाट पशु आहार तथा पानी निल्न सक्तैन यदी खास प्रकृया सँग सम्बन्धीत मा सपेशी को पक्षघात भएमा पशुले सास फेर्न गाह्रो हुने हुँदा पशुको मृत्यु हुन्छ ।
विषाणुको शरीरमा प्रवेश पछि लक्षण आरम्भ हुने अन्तराल धेरै कुरामा निरभर
हुन्छ । शरीरमा काटेको घाउ र मस्तिष्कको दुरी घाउको आकार प्रकार घाउमा प्रवेशित विषाणुहरुको संख्या घाउमा प्रवेशगरेको ¥यालमै मात्र आदि अनुसार विरामी को लक्षण धेरै चाडोया ढिलो गरी देखिन्छ । यसलाई ऊष्त्रन्य अवधि भनिन्छ । यदि घाउ मस्तिष्क को कुनै अंग जस्तै निधार गर्दन आदीमा भए वा जुन अंगमा स्नायु तन्त्रीको धेरै हुन्छन् रोग धेरै चाडो देखिन सक्छ । यसको विपरीत यदि खुट्टामा टोकेको घाउ भए रोग ढिलो गरी देखिन्छ । यसै गरी घाउ गहिरो तथा धेरै ठण्डमा भए रोग धेरै चाडै देखिन सक्छ र गम्भिर रुपमा हुन्छ ।
लक्षण :
गाइ भैसीमा रेवीजका निम्न लक्षण हुन्छन् ।
१. पशु अस्थीर अवश्थामा लडखडाएको जस्तो देखिन्छ पशु अन्य पशु वा पर्खालमा ठोकिन्छ ।
२. हल्का तापमान, अस्वस्थता भोक कम लाग्ने दुध उत्पादमा कमी कान पटक पटक हल्लाउने काम्ने ।
३. मुखको मास पेशीहरुको पक्षघातका कारणा पशुले मुख खु्ल्ला राख्ने कुनै कुरा फसेका जस्तो अत्याधिक ¥याल फाल्ने दात कटकट्याउन ।
४. पशु लाई निल्न पानी पिउन अप्ठ्यारो हुने विना आवाज कराउने कोशीश गर्ने
५. स्वर रञ्जु मा पक्षघातका कारगा मुखबाट कर्कश आवाज आवाज आउने ।
६. पशुमा यौन इक्षा बढ्ने छिन छिनमा पिसाव फेर्ने गाइ भैसीले वाली खोजेको लक्षण देखाउँछ रोग साढे अरु पशुमा चढ्न खोज्छ ।
७. श्री लक्षण १–३ दिन सम्म रहन्छ पछि चाडै कडा पक्षघातका काररा केहि घण्टामा नै पशुको मृत्यु हुने ।
रोगनिरान
१. लक्षणका आधारमा
२. हिस्टोप्याथोलोजीकल परिक्षणबाट मस्तिकमा नेगरीवडि देखिनु
३. फलोरीसेन्ट एण्टीवडी टेस्टवाट
उपचारः
एक पटक यदि रेवीज रोगको लक्षण देखिएमा यस्को उपचार सम्भव छैन रोगको लक्षण प्रकट भए पछि पशु या मानिसको मृत्यु निश्चीत छ । औषधिको प्रयोगले मा रोगी पशुको उत्तेजना कष्ट कम गर्न सकिन्छ । यसैले यस्को रोक थाम मात्र एउटा उपाय मानिन्छ ।
