ghar sansar

महाकाली नदी सहित खोला नालामा ठेक्का लगाउन भीमदत्तका मेयरलाई एमालेको दबाव, ९ बुँदे ज्ञापन बुझाइयो

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेको भीमदत्त नगर कमिटीले महाकाली नदी सहित विभिन्न खोलानाला ठेक्का बन्दोवस्ती गर्न भीमदत्त नगरपालिकालाई दबाव दिएको छ ।

भीमदत्त नगरपालिकाले इआए र आइइई गर्न नसकेर असोज १ गतेदेखि महाकाली नदी सहित खोला नालाबाट नदीजन्य पदार्थ उत्खन्न, संकलन र बिक्रीमा रोक लगाएपछि एमाले नगर कमिटीले बिहीबार नगर प्रमुख पदम बोगटीलाई ज्ञापन बुझाएर ठेक्का लगाउन दबाव दिएको हो ।

,orning glory badhai

एमाले नगर कमिटीले मेयर बोगटीलाई बुझाएको ज्ञापनमा नगरपालिका नेतृत्वको कारण ठेक्का लगाउन नसकेर करोडौ आम्दानी गुम्ने अवस्था आएको, खोला नालमा आश्रित मजदुरलाई छाक टार्न समस्या र बजारमा निर्माण सामाग्रीको अभाव भएको भन्दै चिन्ता जाहेर गरिएको छ ।

एमाले भीमदत्त नगर कमिटीका इन्चार्ज प्रमानन्द जोशी र नगर कमिटी उप सचिव नरेन्द्र सिह कार्र्कीले हस्ताक्षरित ठेक्का बन्दोबन्दी सहितको ९ बुँदे माग मेयर बोगटीलाई बुझाइएको हो ।

एमाले नगर कमिटी इन्चार्ज जोशी, उप सचिव कार्की सहित एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्द, युवा नेता खगेन्द्र विष्ट, प्रशान्त भट्ट लगायत नेता ज्ञापन बुझाउने नगरपालिका गएका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनबाट भीमदत्तको नेतृत्व सम्हालेका मेयर बोगटीले नदीजन्य पदार्थको ठेक्का लगाउन नसकेपछि उनी चौतर्फी आलोचनामा परेका छन् ।

dirghayi clinic

एमाले भीमदत्त नगर ईन्चाज नगरपालिकाले जन अपेक्षा अनुसार काम गर्न नसकेकाले संविधान प्रदत्त अधिकारको प्रत्याभूति हुने गरी काम गर्नका लागि नगरपालिकालाई ध्यानाकर्षण गराएको बताए ।

ज्ञापन पत्रमा ठेला बजार व्यवस्थापन, छाडा चौपायाको व्यवस्थापन, कर वृद्धि फिर्ता र नदीजन्य पदार्थमा बढाएको कर वृद्धि फिर्ता लिन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

‘स्थानीय तहको निर्वाचन, ०७९ बाट निर्वाचत जनप्रतिनिधिहरुले नगरको समग्र विकास र विस्तारका योजनाहरुलाई निरन्तरता दिनुको सट्टा भ्रम सिर्जना काममा लागि रहने, नगरपालिकामा गठन हुने विभिन्न समितिहरु गठन गर्दा एकलौटी, मनोमानी पुर्वक गठन गर्ने, नगरबासीहरुलाई सेवा सुविधा दिनु भन्दा पनि भ्रमणमा मात्रै ध्यान दिई नगरपालिकाको फजुल खर्च जस्ता कार्यहरुमा मात्रै ध्यान गईरहेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

नगरको समग्र विकास तथा विस्तारको कामलाई निरन्तरता दिई नगरबासीहरु आर्थिक समृद्धि तर्फ अगाडी बढ्नुको सट्टा दिशा विहीन भई आम भीमदत्त नगरबासीहरुलाई नेतृत्व विहिन भईरहेको आभास हुन गएको पनि एमालेलेको ठहर छ । भीमदत्त नगरपालिकाको नेतृत्वले तत्काल आम नगरबासीलाई विश्वासमा लिई योजनावद्ध ढंगले नगरको समग्र विकास निर्माणका साथै जनजीविकाका सवालमा गम्भीर भई लाग्न एमाले माग गरेको छ ।

मेयर बोगटीले कतियप कामहरु गर्न कानुनी जटिलता रहेको बताए उल्लेख गर्र्दै जन अपेक्षा अनुसार काम गर्न खोजिएको बताए ।

‘चाहे अनुसार काम गर्न कतिपय कानुनको पनि अभाव छ, केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएपनि त्यस तर्फ चाँसो दिएका छैन्’ उनले भने ‘कानुनी आधार नभई काम गर्दा अख्तियारमा मुद्दा परि हाल्छ ।

Himal dental
सम्बन्धित
Loading...