ghar sansar

प्रधानमन्त्रीको विदेश भ्रमण छोरी चिनाउन बाहेक अरु कुनै उपलब्धि भएन : साँसद सिह

khasi

महेन्द्रनगर । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताएका छन्। आईतवार प्रतिनिधि सभा बैठकपछि उनले प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेका हुन् ।

dirghayi clinic

उनले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताए। उनले व्यस्त प्रधानमन्त्री भएको भए एक, दुई दिनको मात्रै भ्रमण हुने बताए ।

उनले भने, ‘दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ ? या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन। प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ। प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण? तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि। त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि। प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो। त्यसबाहेक के फाइदा भयो ?’

Himal dental
सम्बन्धित
Loading...