ghar sansar

दोधारा चाँदनीमा उम्मेदवारी दिने हुन सकेनन् प्रतिनिधि, उम्मेदवार नहुने छानिए सर्वसम्मत

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि प्रतिनिधि बन्न असमर्थ भएका छन् । दोधारा चाँदनीबाट खुलाबाट प्रदेश अधिवेशन प्रतिनिधिका लागि मेयर लिम्बु सहित तुषार खड्का, गगन खत्री र ओम बस्नेतको दावी थियो । सोमबार विहान उनीहरु चार जनाको निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो ।

उम्मेदवारी दर्तापछि सोमबार दिनभरि सर्वसम्मत प्रतिनिधि चयनका लागि छलफल गरिएको थियो । छलफलमा बस्नेत बाहेक अन्य तीनले अडान नछाडेपछि अन्तिममा उनीहरु सबैको उम्मेदवारी फिर्ता गरी अन्य दुई जनालाई सर्वसम्मत प्रतिनिधि चयन गरिएको हो ।

,orning glory badhai

तीन जनाले छाड्न नमानेपछि निर्वाचन समितिले मतदाताको माग अनुसार उनीहरु बाहिरबाट प्रतिनिधि चयन गरेको हो । बाहिरबाट प्रतिनिधि चयनमा भने उनीहरु तीनै जना सहमति देखिएका थिए । तीन जनाबीच सहमतिका लागि वस्नेतले भने त्यस अघि नै उम्मेदवारी फिर्ता लिएका थिए ।

निर्वाचन समितिका अनुसार गौरब पौडेल र राम प्रसाद पौडेल खुलाबाट प्रदेश अधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन् । उनीहरुलाई साँझ निर्वाचन समितिले प्रमाण पत्र प्रदान गरेको थियो ।

प्रदेश प्रतिनिधिको उम्मेदवारी फिर्ता लिएका वस्नेतले आफूले सहमतिका लागि पछि हटे पनि सहमति हुन नसकेपछि सबै मतदाताको भावना अनुसार तीन जना बाहिरबाट चयन गरिएको बताए ।

dirghayi clinic

‘मैले सहमतिका लागि फिर्ता लिए, तीन जनाबीच धेरै छलफल गर्दा पनि सहमति हुन सकेन’ उनले भने,‘अन्तिममा सबै नेता कार्यकर्ताबाट वहाँहरु बाहेक बाहिरबाट चयन गरौ भन्ने कुरा आयो, त्यसका आधारमा प्रतिनिधि चयन भयो ।’

दोधारा चाँदनीबाट खुलाबाट दुई सहित चार प्रदेश प्रतिनिधि चयन भएका छन् । महिलामा चिनी गिरी र दलितमा नरवीर सुनार प्रदेश प्रतिनिधि भएका छन् । उनीहरु दुबै जना दोधारा चाँदनी नगरपालिकाका पूर्व जनप्रतिनिधि हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा गिरी उप मेयर र सुनार वडा अध्यक्ष निर्वाचित भएका हुन् । गिरी एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य छन् ।

दोधारा चाँदनीका मेयर लिम्बु एमालेका दोधारा चाँदनी नगर कमिटीका पूर्व अध्यक्ष हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित उनी यस अघि एमालेको आठौं जिल्ला अधिवेशनमा जिल्ला सदस्यमा पराजित भएका थिए । उनलाई पछि एमालेको जिल्ला कमिटी सदस्य मनोनित गरिएको थियो ।

प्रदेश प्रतिनिधिका उम्मेदवारमध्ये खड्का नगर इन्चार्ज र खत्री सह इन्चार्ज हुन् । अर्का वस्नेत युवा संघको फाँट इन्चार्ज छन् ।

एमालेले स्थानीय तह निर्वाचन जितेको तीन तहमध्ये दोधारा चाँदनीका मेयर प्रदेश प्रतिनिधि बन्न नसकेका हुन् । शुक्लाफाँटाका मेयर रण बहादुर महरा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला राना सर्वसम्मत प्रदेश प्रतिनिधि चुनिएका छन् ।

एमालेका साँसद तारालामा तामाङ्ग पुनर्वास नगरपालिकाबाट प्रदेश प्रतिनिधि चयन भएका छन् । प्रदेश प्रतिनिधि भएका जनप्रतिनिधिले उम्मेदवार भने हुन पाउने छैनन् ।

Himal dental
सम्बन्धित
Loading...