ghar sansar

भीमदत्तमा उत्थानशिल युवा सञ्जाल गठन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका विभिन्न वडाहरुमा उत्थानशिल युवा सञ्जाल गठन गरिएको छ । मंगलवार भीमदत्त नगरपालिका १२, १३ र १४मा उत्थानशिल युवासञ्जाल गठन गरिएको हो ।

भिमदत्त नगरपालिका र एनएनएसडब्लूएको सहकार्यमा संचालन गरिएको सुदृढ परियोजनाको पहलमा पहिलो चरणमा भिमदत्त नगरपालिका मा पर्ने तटिय क्षेत्र र जंगली जनावरहरुको जोखिममा रहेका ३ वडामा सञ्जाल गठन गरी संयोजक चयन गरिएका छन् ।

,orning glory badhai

भिमदत्त नगरपालिका वडा नम्वर १२ को संयोजकमा पंकज सिह ठाकुर, वडा नम्वर १३ को संयोजकमा महेश विष्ट र वडा नम्वर १४ को सयोजकमा विकास विक चयन भएका छन ।

dirghayi clinic

एनएनएसडब्लूएकी समाजिक परिचालक अनिता लाबडले विपद् सहित अन्य संकटका बेला युवा जनशक्तिलाई समाजिक कार्यमा खटिन उत्प्रेरणा दिने उदेश्यले उत्थानशिल युवा सञ्जाल विस्तार गरिन लागेको बताएकी छन ।

भीमदत्त नगरपालिका १२, १३ र १४ वडाहरु महाकाली तटिय क्षेत्र का साथै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक पर्ने भएकाले सो क्षेत्रमा जंगली जनावर र वाढि, डुवान कटान जस्ता विपद्को उच्च जोखिममा रहने हुदा पहिलो चरणमा महाकाली तटिय तथा निकुन्ज संग जोडिएका वडाहरुमा उत्थानशिल युवा सञ्जाल गठन गरिएको उत्थानशिल युवा सञ्जाल भीमदत्त नगरपालिका अध्यक्ष उर्मिला धामीले बताएकी छन् ।

विस्तारै भिमदत्त नगरपालिका अन्य वडाहरुमा समेत उत्थानशिल युवा सञ्जाल गठन गरि विपद न्युनिकरण तथा संकट परेका बेला युवा परिचालन गर्ने उद्दृेश्य सहित १९वटै वडाहरुमा सञ्चाल गठन गरिने सुदृढ परियोजनाले जनाएको छ ।

भीमदत्त नगरपालिका १२, १३ र १४ का जनप्रतिनिधिहरुले युवा सञ्जाल गठन गरीएकोमा खुसी व्यक्त गरेका छन् । सञ्जालसंग जोडिएका युवा युवतीलाई धन्यवाद दिँदै युवाहरुले समाजका निमित्व गरेको कार्यमा आफुहरुले समेत सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...