ghar sansar

साइकल केयरिङ्गकर्तालाई पछ्याउँदा प्रहरीले भेटायो ठूलो मात्रामा अवैध समान

khasi

महेन्द्रनगर । भारतीय सीमावर्ती सहरबाट साइकलमा केयरिङ्ग गरी आएको समान पिछा गरेको प्रहरीले ठूलो मात्रामा अवैध समान भेटाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालयको टोलीले बिहीबार समान ल्याएका केयरिङ्गकर्तालाई पछ्याएपछि सब्जीमण्डीका व्यवसायी भुवन भाटको भीमदत्त नगरपालिका ६ स्थित घरबाट ठूलो मात्रामा भन्सार नभएको समान भेटाएको हो ।

प्रहरी टोलीले घरमा खानतलासी गरी भारतबाट आएको चिनी र मिश्रीसित भन्सार नभएको सबै समान बरामद गरेको छ । प्रहरीका अनुसार बरामद खाद्यान्न र किराना समान १० लाख मूल्यको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्करराज पन्तले प्रहरीले गड्डाचौकीबाट साइकल केयरिङ्गकर्तालाई पिछा गरी आएपछि भाटको घरमा पुगेर शंका लागेर जाँच गर्दा अवैध समान भेटिएको बताए ।

dirghayi clinic

‘प्रहरी टोलीले गड्डाचौकीबाट भन्सार छली गरेका सामानहरु क्यारिङ गर्ने ब्यक्तिहरुको पिछा गर्दै जाँदा भीमदत्त नगरपालिका ६ बस्ने भुवन भाटको घरमा क्यारिङ गर्ने ब्यक्तिहरु पुग्दा निज घरधनी भाटको घरमा शंका लागि चेकजाँच गर्ने क्रममा घरभित्र रहेको गोदाममा अवैध रुपमा भन्सार छली गरी ल्याई राखिएका अन्दाजी १० लाख मूल्य बराबरका बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु फेला परेकाले बरामद गरी आवश्यक कारवाहीको लागि पहल भई रहेको छ’ सूचना अधिकारी पन्तले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्त र अर्का प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरीले घरभित्र अवैध समान भेटिएपछि प्रहरी उपरीक्षक कमल थापा आफंै गोदाममा पुगेका छन् । दशैं तिहारलाई मध्यनजर गरी प्रहरीले सीमा नाकामा तस्करी नियन्त्रणमा सक्रियता देखाएको हो ।
प्रहरी उपरीक्षक थापाले चाडवार्डलाई लक्षित गरी सुरु गरेको विशेष अभियान अन्र्तगत भाट निवासबाट अवैध समान बरामद गरिएको बताए ।

प्रहरीले समान बरामद गरी ल्याएपछि व्यवसायी भाटले समानको बिजबिजक आफूसित भएको दावी गरेका छन् । उनले आफू चार महिनादेखि विरामी भएकाले ती समानको बिज बिजक खोज्ने बताए । केही महिना अघि टाउकोको शल्यक्रिया भएका भाट अहिले आराम गरि रहेका छन् ।

‘मेरो टाउकाको अप्रेसन भयो, म बिरामी थिए, ‘उनले भने, ‘यसले गर्दा समान स्टक रहेको हो, ‘यो समान हामीले भारतबाट ल्याएका होईन, हामीले त क्यारिङ्गकर्ताबाट खरिद गरेका हौँ ।’

Himal dental
सम्बन्धित
Loading...