
महेन्द्रनगर । दोधारा चाँदनीका किसानहरुलाई तरकारी बिउ बिजन वितरण गरिएको छ । दोधारा चाँदनी नगरपालिका– ३ वडा क्षेत्रका किसानहरुलाई तरकारी बिउ बिजन वितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ३ वडा सदस्य दिपक सिंह महताले जानकारी दिएका छन् ।
बिहिवार किसानलाई तरकारीको बिउ, बिजन बितरण गरिएको वडा सदस्य महताले बताएका छन् । मुला, बनदगोवी, फुलगोवी, धनिया लगाएत तरकारीको बिउ बितरण गरिएको वडा सदस्य दिपक सिंह महताले बताए ।
वडामा रहेका ४० कृषि समूहमध्ये नविकरण भएका झण्डै ३५ समुह आवद्ध किसानलाई तरकारीको बिउ बितरण गरिएको हो । किसानलाई आफ्नो करेसाबारीमा तरकारी लगाउन र हरियो सागपात लगाएर त्यसबाट आम्दानी गर्न सहज होस् भनेर बिउ वितरण गरेको वडा सदस्य महताले बताएका छन् ।
किसानलाई आफ्नो घर वरिपरिका करेसावारीमा स्वच्छ र स्वस्थ्य तरकारी उत्पादन गरि उपभोग गर्न तथा बढी उत्पादन भएकालाई बिक्री गरि आय आर्जन गर्न सहज हुने विश्वास गरिएको छ ।
वडा सदस्य दिपक सिंह महताको सभापतित्वमा गरिएको कार्यक्रम गरियो । कार्यक्रम सञ्चालन मोहन बिष्ट र स्वागत मन्तव्य वडाका कृषि प्राविधिक सरस्वती सुनार राखेका थिए । वडाले तरकारीको बिऊ, बिजन दिएपछि किसानहरुले खुशी व्यक्त गरेका छन् ।
