एमाले अध्यक्ष ओली र महासचिव पोखरेललाई गण्डकीमा अर्को झट्का

महेन्द्रनगर । एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् । लमजुङका मायानाथ अधिकारीलाई हराउँदै बिहीबार उनी विजयी भएका हुन् । गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा विजयी शर्माले ५ सय ३१ मत ल्याउँदा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङले ५ सय ३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत पाए ।

सचिवमा लमजुङका धनञ्जय दवाडीले कास्कीका रश्मि आचार्यलाई पराजित गरे । दवाडीको ५ सय २० मत आउँदा आचार्यले ३ सय ३७ मत पाए ।

उपसचिवमा कास्कीका दामबहादुर विक ४ सय ९९ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे । महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारी ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत प्राप्त गरिन् ।

बिहीबार भएको मतदानमा ९ सय ७ प्रतिनिधिमध्ये ८ सय ९६ मत खसेको थियो । १ सय ६२ पदका लागि ३ सय ८२ ले उम्मेदवारी दिएका थिए ।

एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाए कारबाही हुने बताए पनि अन्ततः गण्डकी प्रदेश अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (पीएस) र स्थायी समिति सदस्य खगराज अधिकारी (केआर) आमनेसामने भए ।

दुई वर्ष प्रदेश सम्हालेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (पीएस) सहमतिमै दोहो¥याउन चाहन्थे । तर उनलाई रोक्ने योजनामा अघि सारिए, केन्द्रीय सदस्य मायानाथ ।

मायानाथको पक्षमा उभिए स्थायी समिति सदस्य खगराज अधिकारी (केआर) । दुई नेताबीचको कित्ताकाटले प्रदेशको अधिवेशनमा उम्मेदवारको छुट्टाछुट्टै प्यानल बनेको हो ।

सम्बन्धित
Loading...