ghar sansar

भारतीय मूलका व्यवसायी गुप्ताको गोदाममा प्रहरीको छापा, १० लाख मूल्य बराबरको तीन ट्रक समान बरामद

महेन्द्रनगर । प्रहरीले भारतीय मूलका व्यवसायीको गोदामबाट छापा हानेर ठूलो मात्रामा अवैध समान बरामद गरेको छ । महेन्द्रनगर बजारको गल्ली नं. २ स्थित निरज गुप्ताको गोदामबाट शुक्रबार दिउँसो १० लाखसम्मको अवैध प्लास्टिकका समान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले दिउँसो गुप्ताको गोदामा छापा हानेको थियो । गोदाममा ठूलो मात्रामा भन्सार नभएका प्लाष्टिकका भाडाँकुडा सहितका समान भेटिएपछि बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले गुप्ताको गोदामबाट ८–१० लाख मूल्य बराबरको समान बरामद गरिएको जानकारी दिएका छन् । प्रहरी उपरीक्षक थापाका अनुसार बरामद समान तीन ट्रकमा लोड गरी प्रहरी कार्यालय लगिएको हो ।

‘गोदाममा छापा हानेर ३ ट्रकसम्म समान बरामद गरिएको छ, त्यसको मूल्याङ्कन हुन बाँकी छ,’ उनले भने,‘अन्दाजी समान ८ देखि १० लाखसम्म हुन सक्छ ।’

शुक्रबार प्रहरीले बजारका अन्य स्थानमा पनि छापा हानेको छ । प्रहरीका अनुसार तीन चार स्थानमा छापा हानिएको छ ।
प्रहरीले गुप्ताको गोदामबाट बरामद समानको मूल्याङ्कन गरी सार्वजनिक गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दशैं तिहारलाई मध्यनजर गरी अवैध राजश्व छिली नियन्त्रण अभियान सञ्चालन गरेको छ । बिहीबार मात्रै भीमदत्त नगरपालिका ६ स्थित भाट किरानाको पसलको गोदामबाट ठूलो मात्रामा अवैध समान बरामद गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...