ghar sansar

एमालेमा यस्तो हत्कण्डा अपनाएर प्रदेश प्रतिनिधिमा रोकिए साँसद तामाङ्ग

dirghayu ad

महेन्द्रनगर । पाँच दिन अघि सोमबार एमालेको सुदूरपश्चिम प्रदेश प्रतिनिधिमा एमाले साँसद तारालामा तामाङ्ग सहित फैरु तामाङ्ग, रमेश थापा, शारदा विष्ट र पुर्णा कुमारी गुरुङ्ग र भारमल सुनार पुनर्वासबाट सर्वसम्मत चयन भएको सार्वजनिक भएको थियो ।

एमालेको असोज २१ र २२ गते कैलालीको धनगढीमा हुने सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि असोज १५ गते सुदूरपश्चिम सबै जिल्लामा प्रतिनिधि छनौट भएको थियो ।

ratnam malkhad

पुनर्वासबाट साँसद तामाङ्ग सहित सर्वसम्मत प्रतिनिधि चयन भएपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरुले उनलाई सामाजिक सञ्जाल फेसबुक र मोबाइलमा फोन गरी बधाई दिए ।

साँसद तामाङ्ग प्रतिनिधि चयन भएपछि काठमाडौं हिँडे । उनी काठमाडौं हिँडेपछि भने पुनर्वासबाट सर्वसम्मत प्रतिनिधि चयन नभएको भन्दै असन्तुष्टि बाहिरिए । ती बाहिरिएका असन्तुष्टि शुक्रबारसम्म पुगेर साँसद तामाङ्ग प्रतिनिधिमा रोकिएका छन् । 

एमाले नेताहरुका अनुसार प्रतिनिधि चयनका लागि जिम्मेवारी दिइएका ६ नेतामध्ये दुई जनाले सोमबारको सर्वसम्मत प्रतिनिधि चयनमा असहमति राखेका थिए । प्रदेश साँसद बीर बहादुर थापा नजिकका ती दुई नेताको असन्तुष्टिपछि फेरि छलफल भएको थियो । 

उनीहरुको अनुसार साँसद तामाङ्गलाई प्रतिनिधिमा रोक्न थापाले शुक्रबार अन्तिमसम्म प्रयास गरेका थिए । तामाङ्ग र थापा दुबै २०७९ को प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन लडेका थिए । 

एमाले कञ्चनपुरका पूर्व अध्यक्ष तामाङ्ग एमाले विभाजनछि नेकपा एकीकृत समाजवादी प्रवेश गरी गत वर्ष भदौमा एमाले फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर पार्टीमा स्वागत गरेका तामाङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार साँसद जितेका थिए ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी विना मगरलाई फराकिलो मत अन्तरले हराएर तामाङ्ग साँसद निर्वाचित भएका हुन् ।

साँसद तामाङ्गलाई निर्वाचनमा हराउन पुनर्वास र बेलौरीमा एमाले नेताहरुले पार्टी छाडेर बागी उम्मेदवारी दिएका थिए । एमालेका सुदूरपश्चिम प्रदेश साँसद बीर बहादुर थापाले समेत तामाङ्गलाई टिकट दिएकोमा असन्तुष्टि जनाउँदै केही दिन चुनाव नलड्ने घोषणा गरेका थिए ।

अहिले थापा समूहले साँसद तामाङ्गलाई प्रतिनिधि रोक्न अन्तिमसम्म कसरत गरेको एमाले नेताहरु बताउँछन् । साँसद थापा एमालेको कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टको साथ पाउँदै आएका छन् । 

कर्णाली इन्चार्ज भट्ट र थापा दुबै माओवादी छाडेर एमाले आएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले साँसद विघटनपछि तत्कालिन नेकपामा बढेको दुई लाइन संघर्षमा उनीहरु ओलीलाई साथ दिएर एमाले आएका हुन् ।

एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपामा थापा संयोजक र तामाङ्ग सचिव थिए । पछि एमाले विभाजनपछि भएपति तामाङ्गलाई अध्यक्ष बनाउन पहल गरिए पनि उनी समाजवादी गएका थिए ।

एमालेको सुदूरपश्चिममा कर्ण थापा र लेखराज भट्ट दामोदर भण्डारीका दुई बलिया गुट छन् । एमालेका पूर्व उपाध्यक्ष भीम रावल समूहको तेस्रो गुट भए पनि अहिले रावल समूहका नेता यी दुबै गुटमा छरिएका छन् ।

एमालेमा वडा तहदेखि सुरु थापा र भट्ट भण्डारी समूहको गुटबन्दी पछिल्लो पटक प्रदेश प्रतिनिधि चयनसम्म पुगेको छ । 

समाजवादी छाडेर एमाले फर्किएका तामाङ्ग भने पछिल्लो पटक भट्ट भण्डारी समूहमा देखिएको एमाले नेताहरु बताउँछन् ।

राष्ट्रिय युवा संघ कञ्चनपुरको गत साउन अन्तिम साता भएको जिल्ला अधिवेशनमा साँसद तामाङ्ग सहित नेताले भट्ट भण्डारी समूहबाट जिल्ला समिति सर्वसम्मत बनाउन गरिएका छलफलमा सहभागी भएका थिए ।

युवा संघको जिल्ला समितिलाई सर्वसम्मत बनाउने दुबै समूहको प्रयास अन्तिमतिर पुगेका अचानक निर्वाचन समितिका सदस्य रविन्द्र देवकोटामाथि साँघातिक आक्रमण भएको थियो । त्यसपछि एमाले पार्टी कार्यालयबाट निस्केको भट्ट भण्डारी समूह आवद्ध नेता कार्यकर्ताले नविन चन्दको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको थियो । निर्वाचन समितिका सदस्य देवकोटामाथि आक्रमण भएपछि चन्द सहितका नेता कारवाहीमा परेका छन् ।

प्रदेश अधिवेशनमा उम्मेदवार हुन नपाउने भएर पनि साँसद तामाङ्गलाई प्रतिनिधि रोकिएको हो । एमालेले जनप्रतिनिधिलाई पार्टीमा चुनाव लड्न रोक लगाएको छ । उनलाई पार्टीभित्र कमजोर नेताको रुपमा देखाउन प्रतिनिधिमा रोकेको हुन सक्ने एमाले नेताहरु बताउँछन् ।

‘जनताले त्यति जनमत दिएर विश्वास गरेको, पार्टी अध्यक्ष भइ सकेको नेता प्रदेश प्रतिनिधि हुन पर्ने हो, वहाँलाई त झन सर्वसम्मत बनाउनु पर्ने हो’ एमाले पुनर्वासका एक पुराना नेताले भने,‘अरुमा सीप लागेन, कमजोर बनाउने मौका यही हो भनेर प्रतिनिधि बनाएन ।’

२०५४ को स्थानीय निकाय निर्वाचनमा २३ वर्षमा उम्मेदवार भएर तत्कालिन कालिका गाविसको अध्यक्ष भएका उनी २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

२०७४ को निर्वाचनमा उनी निर्वाचन क्षेत्र नं. १(१) बाट प्रदेश साँसद भएका थिए । एमाले छाडेर समाजवादी भएपछि उनी सुदूरपश्चिम प्रदेश सरकारको केही महिना आर्थिक मामिला मन्त्री भएका थिए ।

तामाङ्ग त्यस अघि २०७० मा संविधान सभा सदस्य निर्वाचन लडेका थिए । संविधान सभा निर्वाचनमा उनी कालिका सहितको निर्वाचन क्षेत्र नं. २ बाट लडेका थिए । काँग्रेसका एनपी साउँदसित पराजित भएपछि उनले सबैभन्दा पहिला मत गणना स्थलमा पुगेर साउँदलाई फूलमाला लगाएका थिए ।

एमालेमा उनी सहकार्य र समन्वय गर्न सक्ने नेताका रुपमा चिनिन्छन् । त्यस बाहेक उनको मौन कुटनीति एमालेका नेता कार्यकर्तामा बहसको विषय हुने गरेको छ । उनी एमालेमा मौन कुटनीतिले नेता कार्यकर्ताको मन जित्दै आएका छन् ।

‘वहाँमा यतिसम्मको सहनशिलता छ कि कसैले गाली गरे पनि नबोली नबोली नै शान्त दिने, गाली गर्नेको रिस वहाँ नबोली नै शान्त बनाई दिनु हुन्छ’ एमालेका एक नेता भन्छन् ।

प्रदेश प्रतिनिधि छनौटमा भने तामाङ्गको मौन कुटनीति सफल हुन सकेन । प्रदेश प्रतिनिधिका लागि उनले धेरै अडान पनि नलिएको नेताहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...