एमाले प्रदेश अधिवेशनमा भीम रावलको खोजी भएपछि अध्यक्ष ओली कड्किए, भने– चुप लाग्नुस साथीहरु

महेन्द्रनगर । नेकपा एमालेको आइतबारदेखि धनगढी सुरु सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन सत्रमा समर्थकहरुले भीम रावलको खोजी गरेपछि अध्यक्ष ओली कड्किएका छन् । उनले भीम रावल खोज्ने समर्थकलाई चुप लाग्न भन्दै केही नबोली आफ्नो भाषणलाई निरन्तरता दिएका छन् ।

अधिवेशन उद्घाटन सत्रका प्रमुख अतिथि अध्यक्ष ओलीको सम्बोधनका क्रममा रावलका समर्थकहरुले भीम रावल खोज्दै प्रश्न गरेका थिए । एमालेले पूर्व उपाध्यक्ष रावललाई प्रदेश अधिवेशनमा सहभागी गराएको छैन । रावल अहिले गृह जिल्ला अछाममा छन् ।

ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पछाडिबाट केही युवाहरुले भीम रावल खोई ? भन्दै प्रश्न गरेका थिए। तर ओलीले भने चुप लाग्नुस् साथीहरु भन्दै थप नबोली अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए ।

 एमालेको दशौ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन ।

सम्बन्धित
Loading...