ghar sansar

दुई सय सेवनकर्ता समातिएपछि बेलौरीमा लागु औषधि विरुद्ध महाअभियान सञ्चालन तयारी

Amity

महेन्द्रनगर । भारतीय सीमासित जोडिएको बेलौरीबाट प्रहरीले हालसम्म दुई सय लागु औषध सेवनकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले तीन वर्षदेखि सुरु गरेको लागु औषध विरुद्धको अभियानमा उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ गरिएकामध्ये ९१ जनामाथि मुद्दा दर्ता गरिएको छ ।

बेलौरी नगरपालिकाले लागु औषध नियन्त्रणका लागि शुक्रबारदेखि सुरु गर्ने लागु औषध विरुद्धको महाअभियान सम्बन्धि जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर पोतिलाल चौधरीले लागु औषध सेवन गर्नेको संख्या बर्सेनी बढ्दै गएकाले केही वर्षमा प्रत्येक घरमा एक जना लागुऔषध प्रयोगकर्ता फेला पर्न सक्ने चिन्ता जाहेर गरे ।

lotus institite

नगरपालिकाले पालिका भएर लागुऔषधका प्रयोगकर्ता एवम व्यापारीहरुले यही नाका प्रयोग गर्ने भएकाले त्यसलाई नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय बेलौरीसित साझेदारी गरी लागु औषध विरुद्धको महाअभियान २०८० सञ्चालन गर्न लागेको छ ।

मेयर चौधरीले कैलालीको रिह्याब सेन्टरलाई ५ लाख सहयोग गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा नगरपालिका क्षेत्रका हरेक टोल समुदाय विद्यालयमा जनचेतना मुलक छलफल र बिभिन्न कार्यक्रमको आयोजना गर्ने जानकारी दिइएको छ ।

महाअभियान अन्र्तगत विभिन्न लागु औषध विरुद्ध जनचेतना सन्देश लेखिएका ४ हजार टिसर्ट बाँड्ने भएको छ । ईलाका प्रहरी कार्यलय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरीप्रशाद जैशीले बजारमा बढदै गएको लागुऔषधको बजार मागलाई कम गर्ने, उत्पादनलाई कम गर्ने र यसबाट हुने असर क्षतिबारे जानकारी प्रदान गर्न सहयोग पुग्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...