ghar sansar

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भन्छन्– तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो

little buddha academy
khasi

महेन्द्रनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र युवासंघका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको बताएका छन् ।

युवा सङ्घले सोमबार प्रसाईं लाई कालो मोसो छ्यापेपछि मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अब एमालेसँग खेल सुरु भएको बताएका हुन् ।

,orning glory badhai

‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो’, उनले भने, ‘एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् ।’

dirghayi clinic

उनले एमाले आफूसँग डराएको भन्दै खेल सुरु भएको पनि बताए । ‘हिजोदेखि खेल सुरु भयो, एमालेले मसँग खेल सुरु गर्यो, मैले आजबाट पत्रकार सम्मेलन गरेर सुरु गरेँ’, प्रसाईंले भने, ‘खेल बन्द भएको छैन ।’

उनले केपी ओली हजुरबा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठहरूमा धेरै राजनीतिक चरित्र रहेको दाबी समेत गरे ।

‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’, प्रसाईंले भने, ‘एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो ।’

उनले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै यही अवस्था रहे देशमा लास उठाउने मान्छे समेत नहुने बताए । उनले सर्वहारा वर्गको कुरा उठाउँदा आफूले कुनै गल्ती नगरेको भन्दै तस्करको नाइके को हो भन्ने कुरा आफूलाई कालोमोसो लगाएपछि पुष्टि भएको बताए ।

साभार :  रातो पाटी

Himal dental
सम्बन्धित
Loading...