ghar sansar

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा कञ्चनपुरबाट यी नेताले अध्यक्ष सहित पदाधिकारीमा लड्दै छन् चुनाव

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सहित पाँच पदाधिकारीमा २३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये तीन जना अछामका छन् ।

अध्यक्षमा कञ्चनपुरका बचन बहादुर सिह सहित अछामका कृष्ण जैसी, कमल तिमिल्सिना र भरत साउँद उम्मेदवार छन् । कञ्चनपुरका सिंहको पनि पुख्र्यौली बाजुरा हो ।

कञ्चनपुरबाट अध्यक्ष सिह सहित उपाध्यक्षमा शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महरा, उप सचिव खुल्लामा अशोककुमार चन्द, नर बहादुर बिक, सुरेन्द्र बहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट उम्मेदवार भएका छन् ।

साँझ बजेदेखि मतदान हुँदैछ । मतदानमा ६ सय ७५ प्रतिनिधि सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...