महेन्द्रनगर । नेकपा एमाले सुदूर पश्चिम प्रदेशमा नेताहरूले सहमतिमा नेतृत्व टुंगो लगाउने प्रयास गरि रहेका छन् । साँझ ५ बजेदेखि तोकिएको मतदान प्रक्रिया रोकेर नेताहरु सहमितका लागि छलफललाई निरन्तरता दिएका हुन् ।
नेताहरुका अनुसार अध्यक्षका चार उम्मेदवारमध्ये एक जनालाई अध्यक्ष बनाउने र अन्यलाई अन्य कमिटीमा व्यवस्थापन गर्ने गरि नेताहरूले खाका बनाएका छन् ।
स्रोतका अनुसार अध्यक्षमा अछाममा कृष्ण प्रसाद जैशी र सचीवमा रणबहादुर चन्दलाई सर्वसम्मत बनाउने गरि प्रारम्भिक खाका तयार भएको छ ।
जैशी र चन्द फरक टिमबाट चुनाबमा होमिने तयारीमा थिए । जैशीलाई स्थायी कमिटी सदस्य कर्ण थापाको समर्थन रहेको छ भने चन्दलाई प्रदेश अध्यक्ष दामोदर भण्डारीको समर्थन रहेको छ ।
अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, वचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ । सचिवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बमले उम्मेदवारी दिएका थिए ।
बमले फिर्ता लिइसकेका छन् । सहमतिको लागि बिभिन्न उम्मेदवार माथी सर्वसम्मतको प्रयास गरिएको एमाले स्रोतको भनाइ छ ।
उपाध्यक्षमा कालिबहादुर शाहीको नाममा सहमतिको प्रयास भइरहेको छ । उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्र बहादुर शाहीको उम्मेदवारी दिएका थिए ।
अहिले उपसचिवमा छलफल भइरहेको छ । उपसचिव (महिला ) तर्फ भागरथी विष्ट, कन्दकलाकुमारी राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन् ।
उपसचिव खुल्ला तर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लवराज भट्ट छन् । उम्मेदवारी दिएका विचमा र नया उम्मेदवारलाई पनि ल्याएर सहमतको प्रयास भइरहेको छ । यी बाहेक सहमतिमा नयाँ नाम आउने सम्भावना प्रवल रहेको स्रोतले जनायो ।