

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले दशैं तिहारको मौका पारी व्यवसायीहरुलाई कालो बजारी, कृत्रिम अभाव, अनावश्यक मूल्य वृद्धि र म्याद नाघेका समान बिक्री नगर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष पिताम्बर जोशीले मंगलबार विज्ञप्ति जारी कानुन विपरित कार्य गरेमा पाइएमा कानुन बमोजित कारवाही हुने भएकाले सबै उद्यमी व्यवसायीलाई सचेत हुन अपील गरेका छन् ।



