ghar sansar

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन : सहमतिको मस्यौदा तयार भएपछि उम्मेदवार आक्रोशित, प्रतिनिधिलाई नेता छान्नु दिनु पर्ने माग

khasi

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन पेचिलो बनेको छ । उम्मेदवारको अन्तिम नामावली रोकेर अध्यक्ष मण्डल सहमतिको मस्यौदा बनाउन लागेको एक प्रतिनिधिले बताए । तर अध्यक्षमा उम्मेदवारी दिएका प्रत्याशीहरूले प्रतिनिधिलाई नै नेता छान्न दिइन ुपर्ने भन्दै विरोध जनाइरहेको एक प्रतिनिधिले बताए।

स्रोतका अनुसार कमल तिमिल्सिनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने आश्वासन दिइएको छ । कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको मस्यौदा तयार गरिएको छ ।

उनी कर्ण थापाका उम्मेदवार हुन् । यसअघि पार्टी महासचिव शंकर पोखरेलले पनि अध्यक्षका आकांक्षी तिमिल्सिना, जैसी र बचन बहादुर सिंहलाई राखेर त्यही प्रस्ताव गरेका थिए। महासचिव पोखरेलले सिंहलाई पदाधिकारी बनाउने गरी सहमति गरेर अगाडि बढ्न भनेका थिए।

त्यसमा सहमति जुट्न नसकेपछि अध्यक्ष मण्डलले चुनावमा जाने मनस्थिति बनाएको थियो। अहिले कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने र बाँकी पदाधिकारी तिमिल्सिनाको समूहबाट राख्ने गरी सहमतिको खेस्रा तयार पारिएको बताइएको छ ।

dirghayi clinic

उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्दलाई बनाउने गरी प्रस्ताव तयार पारिएको छ। त्यस्तै खुला उपसचिवमा कैलालीका नेपालु चौधरी र महिला उपसचिवमा कञ्चनपुरका कलसा महरालाई प्रस्ताव गरिएको छ। उनीहरूले उम्मेदवारी नै दर्ता नगरेको भन्दै प्रत्याशीहरूले विरोध जनाइरहेका छन् ।

उपसचिवमा उम्मेदवारी दिएका नरबहादुर विश्वकर्माले सहमतिका नाममा अध्यक्ष मण्डलले पढ्ने नाम मान्य नहुने बताए। ’अध्यक्ष मण्डलले उम्मेदवारी नै नदिएकालाई उप सचिवमा नाम प्रस्ताव गरेको सुन्नमा आएको छ। नाम पढ्ने भए अधिवेशन किन गर्नुप¥यो?,’ उनले भने, ’मेरो उम्मेदवारी कायम छ ।’

स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र प्रदेश कमिटी निवर्तमान अध्यक्ष दामोदर भण्डारी पक्षले सहमति गरे पनि दुई जना अध्यक्षका प्रत्याशीले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।

पार्टी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टको समूहको तर्फबाट उम्मेदवारी दिएका भनिएका बचनबहादुर सिंह र भीम रावल पक्षले समर्थन गरेका भरत साउदले उम्मेदवारी कायम राखेका छन् ।

सुरूमा भीम रावल समूहले प्रदेश कमिटीका निवर्तमान उपाध्यक्ष समेत रहेका कमल तिमिल्सिनालाई समर्थन गरेको थियो। तर उनले खुट्टा नटेकेको भन्दै अन्तिममा रावल समूहले छुट्टै उम्मेदवार खडा गरेको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...