ghar sansar

झलारीको सृजनशिल सहकारीको इकाईगत साधारण सभा सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका – १० झलारीस्थित केन्द्रीय कार्यालय रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ ईकाईगत साधारण सभा सम्पन्न भएको छ ।

सृजनशील सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले केन्द्रीय कार्यालय झलारी सहित वाणी, दैजी, बेलडाँडी, बेलौरी, पुनर्वास, महेन्द्रनगर, कलकत्ता,दोधारा चाँदनी,चानदेव र धनगढी शाखा लगायत ११ शाखाको साधारण सभा सकिएको जानकारी दिएका छन् ।

,orning glory badhai
dirghayi clinic

सहकारीका सञ्चालक समिति सदस्य जमुना बस्नेतको अध्यक्षातमा गरिएको कार्यक्रममा सहकारीका अध्यक्ष शिवराज भट्ट प्रमुख अतिथि थिए ।

ईकाईगत साधारण सभा कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख मदनराज भट्ट,संस्थाका अन्य पदाधिकारी,शेयर सस्य,सेफ हाउसका मनोपरामर्शदाता द्धारिका कुँवर,शिवपार्वती महिला समुहका अध्यक्ष पुष्पा केसी लगायतका सहभागी भए ।सहकारीका कार्यकारी प्रमुख भट्टले स्वागत मन्तव्य सहित संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

आर्थिक २०७९÷०८० मा करिब १ करोड ८१ लाख ६२ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । कार्यकारी प्रमुख भट्टका अनुसार संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस क्षेत्रमै पहिलोपटक नागरिकहरुका लागि सहुलियत रुपमा आँखा उपचारको सुविधा प्रदान गर्ने उद्धेश्यले,च्यारिटी हेल्थ फाउण्डेशन धनगढीको प्राविधिक तथा संस्थाको वित्तीय सहयोगमा शुक्लाफाँटा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...