एमालेको सुदूरपश्चि सचिवमा चन्द र उप सचिवमा विक पनि निर्विरोध

Amity

महेन्द्रनगर । एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत भएका छन् । सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन् । सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन् । उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पछि बिक सर्वसम्मत भएका हुन् ।

यस अधि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका थिए । अहिले अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउद को उम्मेदवारी परेको छ। उपसचिवमा महिला तर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ । उनी हरु बिच पनि सहमतिको प्रयास भइरहेको छ ।

janjyoti campus

सचिवमा निर्वाचित चन्द २०४८ सालमा सम्पन्न आम निर्वाचनमा बैतडी जिल्लाबाट उत्तम बहादुर चन्द प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा(एमाले) र नेकपा सयुक्त को समर्थनमा भएका बेला रण बहादूर चन्दले आफ्नै काका हिक्मत वहादुर चन्द का साथ बैतडीको तल्लो स्वराड क्षेत्रमा प्रचार प्रसारमा लागेर प्रचारकै क्रममा कम्युनिष्ट विचारधारा बोकेका थिए ।

 

ghar sansar
सम्बन्धित
Loading...