ghar sansar

बेलौरीमा लागु औषध विरुद्ध महाअभियानको अघिल्लो दिन धनगढीका दुई युवक पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध सहित धनगढीका दुई युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१० सडकघाटबाट ६२० मिलिग्राम लागू औषध सहित कैलालीको धनगढी उपमहानगरपालिका–४ का २९ वर्षीय संजय चौधरी र ३० वर्षीय कृष्ण चौधरी बुधबार साँझ पक्राउ परेका हुन् ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आईरहेको अबस्थामा चेकजाँच गर्दा लागूऔषधसहित फेला पारी दुबै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

,orning glory badhai

बेलौरी नगरपालिकाले शुक्रबारदेखि बेलौरीमा लागु औषध विरुद्ध महाअभियान सञ्चालन गर्न लागेको छ । इलाका प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायले अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...