ghar sansar

महेन्द्रनगरमा समापन हुने समाजवादीको जागरण अभियानलाई भव्य स्वागत गर्ने तयारी

little buddha academy
khasi

महेन्द्रगर । नेकपा एकीकृत समाजवादी कञ्चनपुरले महेन्द्रनगरमा समाजवादीको जागरण अभियानलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरेको छ । पूर्व झापाबाट सुरु भएर धनगढी भएर अभियान शनिबार डोके बजार हुँदै महेन्द्रनगर आउन लागेको हो । महेन्द्रनगरमा अभियान समापन गरिने समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले बिहीबार अभियान सम्बन्धि जानकारी दिन गरेको पत्रकार सम्मेलनमा समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज प्रकाश रावलले जनताका जनजीविका सहितका विषय समेटेर जागरण अभियान थालिएको बताए ।

,orning glory badhai
dirghayi clinic

शनिबार बिहान ९ बजेतिर कैलालीबाट दक्षिण पुनर्वास नगरपालिका ११ डोकेबजार भएर बेलौरी, ढक्का आरक्षपीडित शिबिर, बन्साह, कलुवापुर, झलारी, सुडा हुँदै  महेन्द्रनगर पुग्ने नेता रावलले जानकारी दिए ।

‘शनिबार अभियान महेन्द्रनगर आउनेछ, महेन्द्रनगर स्मारकमा सभा गर्ने छौ’ उनले भने, ‘अभियानमा सहभागी सबैलाई भव्य स्वागत गर्नेछौ ।’

अभियानमा समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित नेता सहभागी छन् । समाजजादीका अध्यक्ष सहित डेढ सय जना सहभागी अभियान १४ असोजदेखि सुरु भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...