महेन्द्रनगर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुरले कञ्चनपुर कारागारका कैदीबन्दीलाई खेलकूद समान सहयोग गरेको छ । दशैं तिहारको अवुसर पारी महासंघ कञ्चनपुरको टोलीले बिहीबार कारागार पुगेर समान हस्तान्तरण गरेको छ ।
कैदीबन्दीको आग्रहमा समान हस्तान्तरण गरिएको महासंघ कञ्चनपुरका नवराज भट्टले जानकारी दिएका छन् । उनका अनुसार कैदीबन्दीका लागि ती समान पुर्पक्षका लागि कारागारमा रहेका प्रतिष्ठित व्यवसायी दान सिह ठुकराठीलाई हस्तान्तरण गरिएको छ ।
कारागारका मूल चौकीदार टेकराज जोशी, नाइके ज्ञानेन्द्र चन्द लगायतका कैदी बन्दीले खेलकूद सामाग्रीका लागि आग्रह गरेका थिए ।
महासंघका अनुसार ५ थान भलिबल, ४ थान ब्याडमिन्टन, जाली, सिटी, रिबन, मेडल लगायतका खेल सामाग्री सहयोग गरिएको छ ।