
महेन्द्रनगर । ईन्टरनेशनल पब्लिक स्कूलको सृजनशिल बाल क्लबले दशैं तिहार र छठ पर्वको अवसर पारी शुभकामना आदानप्रदान तथा लोकनृत्य प्रतियोगिता गरेको छ । विद्यालयका सबै कक्षाका सेक्सन वाईज ग्रुप डान्स सहभागी भएको प्रतियोगितमा १० टोलीका एक सय एक विद्यार्थी कलाकारले भाग लिएका थिए ।
प्रतियोगितामा कक्षा ९ का एलिना, गुन्जन, सहारा, दिब्या, सदिक्षा, प्रसंशा , अदिती, प्रतीक,स्वरुप र प्राचीको टोली प्रथम भएको छ । द्वितीय स्थान नेहा, शिक्षा,सृष्टि ,सुमित्रा,रक्षा , प्रेक्षा, कामना, गुन्जन,हितेश र बिशालवर र आचल, दिपेश,सदिक्षा,अभिसेख , प्रतिस्ठा, दिपेश ,अनुस्का,मोहन,गरिमा र अभिसेख धामीको टीम तेस्रो भएको छ ।
विजयी टीमलाई प्रमाणपत्र सहित नगद पुरस्कार क्रमशः ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एबम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष र कार्यक्रमका सभापतिले संयुक्त रुपमा प्रथम र द्वितीयलाई र कार्यक्रमका अतिथि साप यु १९ फूटबलका खेलाडी कुशल देउवाले तृतीय हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।
कार्यक्रममा खेलाडी देउवालाई सम्मान गरिएको छ । उनी विद्यालयका पूर्व विद्यार्थी हुन् । नृत्य प्रतियोगिताका निर्णायकद्वय दिपक खरेल र सुरज आग्रीलाई पनि प्रमाणपत्र प्रदान गरियो । बिद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको कार्यक्रममा वरिष्ठ समाजसेवी लिलाध्वज बस्नेत प्रमुख अतिथि थिए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेश राज बोहरा र सदस्य गौराज बहादुर लिम्बू, साफ खेलाडी कुशल देउवा विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न संस्कार र संस्कृति बीचको हार्दिकता र एकताको बेजोड प्रस्तुतीकरण गरियो । विभिन्न भेषभुसा, संस्कृति र भाकाको संयोजनमा बाल कलाकारले लोक नृत्य प्रस्तुुत गरे ।
स्कुल क्याप्टेन अशोक खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुदिक्षा भट्ट र अपेक्षा तथा पुजन भट्ट र नैतिक बैजले गरेका थिए । कार्यक्रमको विशेष सल्लाहकार शिक्षिका पुजा जोशी र शिक्षक हेमराज पनेरु थिए ।
