ghar sansar

सूर्योदय सहकारीको सुपथ मूल्य पसल सञ्चालन, मलखाद, बिऊ बिजन र कृषि औजार पाइने

little buddha academy
khasi

महेन्द्रनगर । किसानहरुले मलखाद, बिऊ बिजन र कृषि औजारहरु सुपथ मूल्यमा किन्न पाउने भएका छन् । सूर्योदय बहुउद्देश्यीय सरकारी संस्थाले किसानहरुका लागि शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

कञ्चनपुर उद्योग बाणिज्य संघको कार्यालय नजिक सहकारीको पूरानो कार्यालयमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । सहकारीले मलखादको कारोबार भने यस अघिदेखि नै गर्र्दै आएको थियो ।

,orning glory badhai

अहिले दशैं तिहारको अवसर पारी किसानलाई मलखाद सहित बिऊ बिजन र औजारहरु सुपथ र सहज रुपमा उपलब्ध गराउन पसल सञ्चालन गरिएको छ ।

सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ईश्वरी प्रसाद खरेलले किसानलाई मध्यनजर गरी सुपथ पसल सञ्चालन गरिएको बताए ।

‘अहिले बजारमा विभिन्न नामका सुपथ मूल्य पसल सञ्चालन गरिएका छन्, त्यसमा उत्पादिन समानको कारोबार हुन्छ’ अध्यक्ष खरेलले भने,‘हाम्रोमा त्यस्तो उत्पादितको नभएर किसानलाई चाहिने मलखाद, बिऊ बिजन , औजार सुपथ मूल्य सहज रुपमा उपलब्ध गराउँछौ ।’

सुपथ मूल्य पसल दशैं तिहारलाई मात्रै नभएर नियमित रुपमा सञ्चालन हुने अध्यक्ष खरेलले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले सुपथ मूल्य पसलको रिबन कोटेर उद्घाटन गर्दै किसानहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताए ।

dirghayi clinic

‘यो सहकारीमा धेरै चिनिएका अनुहार हुनु हुन्छ, यो सहकारीका लागि राम्रो हो’ उनले भने,‘यो पसलले किसान सुपथ मूल्यमा चाहिने समान पाउँछ, यसले किसानलाई फाइदा हुन्छ ।’

कार्यक्रममा समन्वय प्रमुख बोहराले रुस युक्रेन र इजरायल हमास युद्धले विश्व युद्धको चिन्ता बढेको उल्लेख गर्दै विश्व शान्तिको कामना गरेका छन् ।

उनले हमासको आक्रमणमा परी इजरालमा मारिएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरे ।

समन्वय प्रमुख बोहराले अहिले देशभित्र धार्मिक, जातीय, साम्प्रदायिक विद्धेष फैलाउन कार्य भएको उल्लेख गर्दै यसले वर्षौदेखि जातीय र सामाजिक सद््भावमा खलल ल्याउने चिन्ता व्यक्त गरे ।

कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका नव निर्वाचित उप सचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य मोहन रावल, नव जीवन कृषि सहकारी संस्था ऐरीका सचिव तथा प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट, लेखा समितिका प्रमुख सुरेन्द्र केसी सहित सहकारीका पदाधिकारी, कार्य समिति सदस्य, शेयर सदस्य लगायतका सहभागी भएका छन् ।

उमेश राज पाण्डेयले कार्यक्रम सञ्चालन गरेका थिए । सहकारीको पसल सञ्चालनका लागि कर्मचारी राखिएका छन् ।

१५ वर्ष अघि ३० शेयर सदस्यबाट सुरु गरिएको सुर्योदयमा हाल ४ हजार ७ सय ८३ शेयर सदस्य पुगेका छन् । शेयर सदस्य थपिएपछि सहकारीको शेयर पूँजी बढेर ३ करोड ६८ लाख ४७ हजार पुगेको छ । यो गत आर्थिक वर्षको असार मसान्तको पूँजी हो । अघिल्लो आर्थिक वर्षसम्म २ करोड ५५ लाख शेयर पूँजी थियो ।

सहकारीले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ करोड ८६ लाख ऋण लगानी र २० करोड ६३ लाख १३ हजार निक्षेप संकलन गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...