ghar sansar

महाकाली पुल : तीन वर्षको काम सकिएन ६ वर्षसम्म , म्याद सकिन लाग्दा भुक्तानी नपाएको भन्दै निर्माण कार्य बन्द

Amity

महेन्द्रनगर । बजेट अभावका कारण महाकाली पुलको काम बन्द भएको छ। गत वर्ष गरिएको कामको समेत भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम बन्द गरेको हो । २०७४ देखि निर्माण सुरु भएको पुल आयोजनाअन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ ।

गड्डाचौकीदेखि दोधारा–चाँदनी नगरपालिकाको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्गको काम पनि अन्तिम चरणमा छ । पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्धको काम पनि अन्तिम चरणमा रहेको पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए ।

lotus institite

उनका अनुसार गत वर्षको ८ करोड र यस वर्षको १९ करोड गरी २७ करोड भुक्तानी हुन बाँकी छ। गत वर्ष २२ करोडको काम भएको थियो । जसमध्ये यस वर्षको बजेटबाट १४ करोड भुक्तानी भएको छ । यस वर्ष १९ करोडको काम भए पनि भुक्तानी नभएको उनले बताए । पुल निर्माणका लागि ३ अर्ब ६६ करोडमा ठेक्का सम्झौता भएको थियो। डिजाइन परिवर्तन भएपछि भेरिएसन गर्न बाँकी छ ।

हालसम्म भौतिक प्रगति ९५ प्रतिशत र वित्तिय प्रगति ८३ प्रतिशत भएको पाण्डेयले बताए । अहिले पहुँच मार्ग अन्तर्गत पुलको दुवैतर्फ १२ सय मिटर र गड्डाचौकी नजिकै २ सय मिटर गरी १४ सय मिटर मात्रै कालोपत्र गर्न बाँकी छ ।

पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाइका समान दुई पोखरी निर्माण भइरहेका छन् । यस वर्ष पुल आयोजनामा १८ करोड बजेट आएको थियो। जसमध्ये १४ करोड गत वर्षको भुक्तानी गरिएको छ । ४ करोड अझै निकासा भइसकेको छैन ।

Himal dental
सम्बन्धित
Loading...