ghar sansar

बेदकोटमा ८ नम्बर वडाका ७० जनालाई जग्गाधनी पूर्जा वितरण

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका वडा नं. ८ मा ७० जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । बेदकोट नगरपालिका र राष्ट्रिय भूमि आयोग कञ्चनपुरले मंगलबार पूर्जा वितरण गरेको छ । पूर्जा पाउने सबै विगतको अधुरो काम अन्र्तगत बाँडिएका पूर्जा हुन् । यस अघि कृष्णपुरमा अधुरो कामको पूर्जा बाँडिएको थियो ।

वडा अध्यक्ष महेशराज जोशीले विगतका आयोगले अव्यवस्थित बसोवासीको हकमा गरेको अधुरो काम पूरा गरी जग्गाधनी पूर्जा बाँडिएको बताए ।

,orning glory badhai
dirghayi clinic

‘अहिलेको आयोगले अघिल्ला आयोगको कामको स्वामित्व ग्रहण गर्दै पुर्जा वितरण गरेको छ, अहिले यो सुरुवात हो,’ उनले भने, ‘हामीले लालपुर्जा वितरण कार्य निरन्तर अघि बढाउँछौँ ।’

बेदकोट ८ मा २ सय १३ जनाले फर्म दर्ता गरेकोमा ७० जनालाई पूर्जा वितरण गरिएको हो । अन्यलाई पनि पूर्जा बाँड्ने गरी तयारी गरिएको वडा अध्यक्ष जोशी बताउँछन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय प्रकाश रावल, बहादुर सिह थापा सहित बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, उप मेयर तुलसी जोशी, राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगाना लगायतले मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...