ghar sansar

प्रदेश अधिवेशनपछि गोदावरी एमालेमा झन विवाद, शुभ कामना आदानप्रदान कार्यक्रममा समेत आएन संस्थापन इतर समूह

महेन्द्रनगर । नेकपा (एमाले) गोदावरी नगर कमिटीले दसैं तिहारको अबसर पारेर शुभकामना आदानप्रदान गरेको छ । पार्टी कार्यालय बनखेतमा एक कार्यक्रमको आयोजना गरी शुभकामना कार्यक्रम गरेको हो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष दुर्गा जोशी, प्रदेश सांसद सन्तोष शर्मा , गोदावरी नगरपालिकाकी नगर उपप्रमुख शारदा देबी रोकाया लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

यस्तै हालै सम्पन्न एमालेको प्रदेश अधिबेशनबाट नब निर्बाचित प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट, खम्ब बुढा ,नर बहादुर रोकाया र राम थापा लगाएतलाई नगरकमिटीले सम्मान समेत गरेको छ ।

नगरकमिटीका उपाध्यक्ष सन्तोष सिंह को सभापतित्वमा भएको कार्यक्रममा संस्थापन इतर पक्षका नेताहरु भने सहभागी भएनन् । एमाले गोदावरी भित्र बिगत देखीको दुई धार प्रदेश अधिबेशन पछि झनै झांगिएको नेताहरुले बताएका छन् ।

यदपी आजको कार्यक्रममा सहभागी नेताहरुले आन्तरिक पार्टी राजनितीमा हिजो भएका असहमतीलाई बिर्सेर नयाँ तरिकाले अघि बढनुपर्नेमा जोड दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...