ghar sansar

हावा हुरीले तिलकपुरका जोशीको अढाई बिगाहाको केरा खेतीमा क्षति, क्षतिपूर्तिका लागि सरकारसित

डिल्लीराज पन्त
महेन्द्रनगर । असोज २९ गते परेको बेमौषमी वर्षा र हावाहुरीका कारण कञ्चनपुर जिल्लामा नगदे बालिमा रुपमा लगाईएको केरा खेतीमा ठूलो क्षति गरेको छ । पानीसंगै आएको हावा हुरीकाकारण फल लागेका केराका वोटहरु ढलेर क्षति भएको हो ।

केही दिनमा केराका घरि काटेर वेच्ने तयारी गरीरहेकै बेला अनेपेक्षित रुपमा आएको वर्षा र हावाहरीले एक साता भित्रै तयार हुँदै गरेका केरा खेतिमा ठुलो क्षति भएको भिमदत्त नगर ३ तिलकपुरमा ढाई विगाह जग्गा भाडामा लिएर गत वर्ष देखि केरा खेति गर्दै आएका कृषक प्रेमराज जोशी बताउँछन । उहा आफु र परिवार सहित बैतडि वाट केहि गरौं भनेर कञ्चनपुर वसाई सरी डेरामा बस्दै देवकी नन्दन बहुउद्येश्यि कृषि फर्म दर्ता गरी केरा खेति गरिरहेका थिए ।

अविरल वर्षा संगै वाढि र डुवान परेर जिल्लामा लगार्ईएको मुख्य वालि धानखेती, फलपुल र तरकारी वालिमा लाखौं मुल्य वरावर क्षती भएको आंकलन गरीएको छ । क्षतीको विवरण लिनै कार्य स्थानिय तहकहा कृषि शाखाहरुले गरीरहेका छन ।

अन्य वालि नलगाई व्यवसायिक रुपमा केरा खेति मात्रै गरीरहेका किसानहरु झनै चिन्तित भएका छन ।आफुहरुको वर्षभरीको कमाई भनेकै केरा खेति वाट हुने आम्दानी मात्रै भएको तर अहिले खेती मा नोक्सानी भएपछि समस्या परेको र कहि कतै वाट क्षति पुर्तिको व्यवस्था गरिदिन कृषक प्रेमराज जोशीले सरोकारवाला निकायलाई आग्रह गरेका छन ।

कञ्चनपुर जिल्लामा अधिकांस किसानहरु केरा खतिगर्न तर्फ आर्कषित हुदै गएका छन । धैरै जसो कृषकहरुले भाडामा जमिन लिएर खेति गर्दै आईरहेका छन । पछिल्लो समय जिल्ला प्रशासन र क्वारेन्टाईनले भारत वाट आउने केराको आयातमा रोक लगाए संगै यहाका कृषक झनै उत्साहित भएका थिए । तर केरा बेच्ने समयमै खेतिमा क्षती भईदिदा लगानी नै नउठ्नै र बैंक व्याज समेत तिर्न नसकिने भन्दै कृषकहरुले दुखेसो गरेका छन ।

कञ्चनपुर जिल्लामा व्यवसायिक रुपले केरा खेतिगर्ने कृषकहरुको संख्या ७ सय वढि रहेको छ भने जिल्लामा करिव ५ सय हेक्टर क्षेत्रपलमा केराखेति गरीएको कृषिज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

प्रेम राज जोशी जस्तै केरा खेति गर्ने कृषकहरु ले बैक वाट ऋण लिएर घर परिवार नै यसै खेतिको आशामा वसिरहेका बेला प्रकृतिले समेत सानो पुजी भएका किसानहरु को पिडा माथि पिडा थपिदिएको भन्दै राज्यले कुनै न कुनै प्रकारको क्षति दिनुपर्ने र आफुहरु क्षतिपुर्तिका लागी पहल थालिदिन विभिन्न निकाय संग हार गुहार गरिरहेका छन ।

केरा खेति मात्रै नभई वेमौषमी वर्षाका कारण भएको सवै वालिनाली क्षतीको वास्तविक विवरण संकलन गरी वालिनाली नोक्सानीले विपतमा परेका कृषकहरुलाइृ उचित क्षतिपुर्ति दिन राज्यको दायित्व हो त्यसैले पनी सरकारले खाद्य संकटमा परेका कृषकहरुका पिडामा मलहम लगाउन अविलम्व क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने हुन्छ ।

Himal dental
सम्बन्धित
Loading...