ghar sansar

सुदूरपश्चिममा ह्वात्तै बढ्यो तस्करी, दुई महिनामै तीन करोडको अवैध समान बरामद

little buddha academy
khasi

महेन्द्रनगर । खुला सीमाका कारण कैलाली र कञ्चनपुरमा अबैध सामानको तस्करी बढ्दै गएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरबाट अबैध सामानको तस्करी हुने गरेको छ । सीमा बजार भारतबाट दैनिक रुपमा भन्सार छलीका सामान भित्रिने गरेको हो ।

प्रहरीले मुख्य सीमा नाकामा यस्ता सामग्रीको आयात रोक्न निगरानी बढाउने गरेको भए पनि अन्य क्षेत्रबाट भने तस्करी भइनै रहेको छ । प्रहरीले कैलाली र कञ्चनपुरबाट मात्र दुई महिनाको अवधिमा झण्डै तीन करोड मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।

,orning glory badhai
dirghayi clinic

भन्सार छलीमा संलग्न व्यक्तिलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन् । प्रायः भन्सार छलीका सामान वेवारिशे अवस्थामा बरामद गरिँदै आएको छ । प्रहरीले सीमा क्षेत्रबाट साउन र भदौ महिनामा मात्र २ करोड ७४ लाख ४३ हजार ६१३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

साउन महिनामा भन्सार छलीमा संलग्न ३१ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। सो अवधिमा एक करोड तीन लाख ८८ हजार ६३ रुपैयाँ बराबरका अबैध सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रहरीले भदौ महिनामा अबैध सामान आयातमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । सो अवधिसम्म एक करोड २४ लाख ७८ हजार ६२ रुपैयाँ बराबरका अबैध सामान समेत बरामद गरेको पाइएको छ । त्यस्तै असोज महिनाको तेस्रो सातासम्म प्रहरीले तस्करी भइरहेको करिब ६० लाख मुल्य बराबरका विभिन्न किराना तथा हार्डवेयर सामान बरामद गरेको छ ।

गत वर्ष ४ करोड ४९ लाख ३२ हजार ७०८ रुपैयाँ मूल्य बराबरका अबैध सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । गत वर्ष तस्करीमा संलग्न १ सय जनालाई पक्राउ गरिएको थियो।

Himal dental
सम्बन्धित
Loading...