ghar sansar

एमाले अध्यक्ष ओलीमाथिको आरोप छानबिन गर्न युवा नेता सिंहले दिए सरकारलाई चुनौती

Amity

महेन्द्रनगर । नेकपा एमालेका युवा नेता बचन बहादुर सिंहले अध्यक्ष केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा अर्बौ लगानी लगाएको आरोप छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई चुनौती दिएका छन् । उनले अध्यक्ष ओलीको राजनीतिकमा प्रतिष्ठामा आँच आउने गरी भ्रम फैलाएकाले संलग्न सबैलाई कानुनी कारवाहीको माग गरेका छन् ।

‘त्यस्ता व्यक्ति र समूहबाट लगाएका आरोपको सत्यतथ्य छानबिन गरी कैफियत देखिए प्रमाणित गर्न यो सरकारलाई चुनौती पनि दिन चाहन्छु र अनावश्यक भ्रम फैलाई चरित्र हत्या गर्ने व्यक्तिहरुलाई यथासिघ्र नियन्त्रणमा लिई कारबाही गर्न समेत अनुरोध गर्दछु, जनताले चाहेको “रुल अफ ल हो हुल अफ ल होईन’ नेता सिंहले भने ।

lotus institite

अध्यक्ष ओलीले आफ्नो व्यक्तिगत सम्पत्ति समेत राज्यलाई दिएको उल्लेख गर्दै उनले एमाले र अध्यक्ष ओलीलाई कमजोर बनाउने योजना बनाएर दुष्प्रचार गरिएकोमा आक्रोश पोखेका छन् ।

देशी विदेशी शक्तिले आफ्नो स्वार्थ पूरा नभएपछि केही वर्षदेखि एमाले र अध्यक्ष ओलीमाथि आक्रमण गरि रहेको नेता सिहँको भनाई छ ।

‘आफ्नो सम्पत्ति राज्यका नाममा समर्पित गर्ने एक मात्र राजनैतिक ब्यक्तित्व, मुलुक र नागरिकको हितकालागी देशी बिदेशी शक्ति सङ्ग चट्टानी अडान राख्ने पार्टीका श्रद्धेय अध्यक्ष राजनेता केपी शर्मा ओली र नेकपा (एमाले) लाई कमजोर बनाउन सके नेपाललाई विदेशीको क्रिडास्थल बनाउन सकिने र आ–आफ्नो स्वार्थ पूरा गर्न सकिने एकमात्र उद्देश्यका साथ देशी तथा विदेशी शक्तिहरु विगत केही वर्ष देखि निरन्तर वहाँमाथि आक्रमणमा गरिरहेका छन्’ उनले भने ।

अध्यक्ष ओलीलाई कमजोर बनाउने योजना अनुसार केही व्यक्ति र समूहले कम्बोडियाको टेलिकममा केपी ओलीको अर्बौ लगानी भएको भनेर भ्रम छर्न थालेको सिहले बताएका छन् ।

वहाँबाट स्वार्थ सिद्ध हुने नदेखेपछि अहिले राजावादीको मुखण्डो भिरेर तथानाम बर्बराई रहेका देखिन्छन, उनको यो बर्वराहट र बहुलठ्ठिपनबाट भ्रमित नहुन सबैमा अनुरोध गर्दछु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...