ghar sansar

दुई करोडका पावर टिलरले कृष्णपुर नगरपालिका कार्यालय प्राङ्गण भरिभराउ

khasi

महेन्द्रनगर । किसानहरुलाई वितरण गर्न खरिद गरिएका कृषि औजारले कृष्णपुर नगरपालिकाको प्राङ्गण भरिएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा किसानहरुका लागि दुई करोडमा खरिद गरेका पावर टिलर र मिनी पावर टिलर कार्यालयमा राखिएका छन् ।

नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएकामध्ये केही पावर टिलर कृष्णपुरका सामुदायिक वनहरुसित साझेदारी र अन्य नगरपालिकाको बजेटमा खरिद गरिएका हुन् ।

Anant bahu travels

नगरपालिका कार्यालयका अनुसार सामुदायिक वनहरुको साझेदारीमा १८ पावर टिलर र २३ मिनि पावर तथा नगरपालिकाको बजेटबाट ५१ पावर टिलर र २३ मिनि पावर टिलर खरिद गरिएका छन् ।

सामुदायिक वनसित साझेदारीमा खरिद गरिएका पावर टिलरमा नगरपालिका र सामुदायिक वनकोे २५÷२५ प्रतिशत तथा बाँकी ५० प्रतिशत उपभोक्ताले व्यहोर्ने गरी साझेदारी गरिएको छ ।

dirghayi clinic

कैलालीको धनगढीस्थित लक्ष्य ग्रुपसित पावर टिलर र मिनी पावर टिलर खरिदका लागि सम्झौता गरिएको थियो । कम्पनीले गत आर्थिक वर्षमा सम्झौता अनुसार नगरपालिकालाई उपलब्ध गराउनु पर्ने पावर टिलर हालसम्म कार्यालय प्राङ्गणमा राखिएका छन् । लक्ष्य ग्रफले एक महिना अघि मात्रै ती पावर लिटर र मिनी पावर टिलर कार्यालयलाई उपलब्ध गराएको हो ।

कृष्णपुर नगरपालिकाको कृषि शाखाका प्रमुख लाल बहादुर धामीले गत वर्षमा किसानलाई वितरण गर्न खरिद गरिएका पावर टिलर सम्झौता अनुसार कार्यालयमा नआएपछि हस्तान्तरण हुन नसकेको बताए ।

‘टेण्डर प्रक्रिया गरी सबै पावर टिलर खरिद गरेका छौ, समयमा कार्यालयमा आउन नसकेपछि वितरणमा ढिलाई भएको छ’ कृषि शाखा प्रमुख धामीले भने,‘किसानलाई वितरण सुरु भई सकेको छ, यसै महिनाभित्रै वितरण गर्छौ ।’

पावर टिलर खरिदका लागि सम्झौता गरिएको लक्ष्य ग्रपलाई हालसम्म भुक्तानी नभएको धामीले बताए । सामुदायिक वनसित साझेदारीमा किनिएका पावर टिलर किसानलाई वितरण गरिएको शाखा प्रमुख धामीको भनाई छ ।

उनका अनुसार पावर टिलरका लागि एक सय ८० जना छनौट गरिएका छन् । नगरपालिकाले सार्वजनिक सूचना कृषि समूह र सहकारीबाट ती आवेदन संकलन गरी उनीहरुलाई छनौट गरेको जनाएको छ ।

पावर टिलर वितरणमा भएको ढिलाईप्रति साझेदारी गरेका सामुदायिक वनले पनि असन्तुष्टि पोखेका छन् । ‘किसानलाई सजिलो होस भनेर साझेदारी गरेका थियौ, अहिलेसम्म वितरण हुन सकेन’ सिहपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोगराम चौधरीले भने,‘ढिलो हुन हुँदैन, अब छिटो बाँड्नु पर्छ ।’

Himal dental
सम्बन्धित
Loading...