काँग्रेस महाधिवेशन प्रतिनिधि बैजको निधन

महेन्द्रनगर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि टीकाराम बैजको निधन भएको छ । लामो समयदेखि उपचाररत, नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि टीकारामको निधन भएको हो ।

साबिक सुडा गाउँविकास समितिका तत्कालिन अध्यक्ष समेत रहेका टीकारामको निधनले मर्माहित बनाएको भन्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरीले दुःख व्यक्ति गरेकी छन् ।

सम्बन्धित
Loading...