एमालेमा सिस्नुपानी दलेर पनि अन्तर द्वन्द्व हटेन : नेता भट्ट

महेन्द्रनगर । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र देखिएको अन्तरद्वन्द्व हटाउन ‘सिस्नुपानी दले’ पनि अवस्था उस्तै रहेको बताएका छन् ।

शनिबार एमाले कञ्चनपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भट्टले पार्टीभित्र नेता–कार्यकर्ताहरूबीचको अन्तरद्वन्द्व हटाउन नसकिएको औँल्याएका हुन् ।

‘हामीभित्रको अन्तरद्वन्द्व हटाउन गएको वैशाख १ गते धनगढीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलज्यूकै उपस्थितिमा हामीभित्र रहेको विष हटाउन सिस्नुपानी दलेका थियौँ,’ उनले भने, ‘उता हामीले सिस्नुपानी दलेर एक–आपसमा विष हटाउने काम ग¥यौँ, यतातिर पार्टीलाई रणभूमि बनाइरहेका छौँ ।’

अझै पनि पार्टीभित्र नयाँ र पुराना नेता–कार्यकर्ताबीच विभेद देखिएको उल्लेख गर्दै उनले त्यसलाई हटाउनुको विकल्प नभएको बताए ।

एमाले कर्णाली प्रदेशका इन्चार्जसमेत रहेका पूर्वमन्त्री भट्टले उत्पादनका काममा जुट्नसमेत नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

सम्बन्धित
Loading...