दोधारा चाँदनीमा पुरुष भेट्रान भलिबल खसी कप प्रतियोगिता, टीम दर्ता सुरु

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका दशैं र तिहारको पारी दोधारा चाँदनी नगर स्तरीय पुरुष भेट्रान भलिबल खसी कप प्रतियोगिता आयोजना हुने भएको छ । श्री बढीमालिका विकास समाज नेपालले व्यायाम गरौ, स्वस्थ नागरिक बनौ भन्ने नारा सहित प्रतियोगिता आयोजना गर्न लागेको छ ।

आयोजक संस्थाका अध्यक्ष पदम बहादुर सिहले सोमबार(आज) देखि टीम दर्ता सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुुसार कार्तिक २० गतेसम्म टीम दर्ता गराउन पर्ने छ । टीम दर्ताका लागि तीन हजार शुल्क राखिएको छ ।

समाजले सहभागिातका लागि दोधारा चाँदनीको स्थायी वासिन्दा हुनु पर्ने तथा कार्तिक २० गते खेल तालिका सार्वजनिक गरिनेछ ।

सम्बन्धित
Loading...