महेन्द्रनगर बजारबाट डेढ लाख बढीको भन्सार छलीको समान बरामद

महेन्द्रनगर । प्रंहरीले महेन्द्रनगरबाट डेढ लाख बढीको अवैध समान बरामद गरेको छ । महेन्द्रनगर बजारको गल्ली गल्ली नं. १ र २ बाट एक लाख ५२ हजार ३ सय रुपैँयाको भन्सार छली गरी ल्याएर लुकाएर राखिएको समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद समानमा विभिन्न किसिमका जुत्ता,लेडिज सुट र चिनी लगायतका छन् । ती समान भन्सार कार्यालयलाई चलान गरिएको छ ।

सम्बन्धित
Loading...