ghar sansar

प्रहरीले व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै वडा अध्यक्ष अवस्थीको असन्तुष्टि, भन्छन्–भन्सारमा छोड्ने, अनावश्यक दुःख दिने ?’

Amity

महेन्द्रनगर । भन्सार नाकाबाट आएको समानलाई प्रहरीले अवैध भन्दै बरामद गर्न थालेपछि भीमदत्त नगरपालिकाका जनप्रतिनिधिले बल्ल मुख खोलेका छन् ।

भीमदत्त नगरपालिका कार्यपालिका सदस्य पदमराज अवस्थीले सार्वजनिक रुपमा भन्सार नाकाबाट आएको समान जाँचको निहुँमा व्यवसायीलाई अनावश्यक दुःुख दिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

lotus institite

जिल्ला प्रहरी कार्यालयले दशैं अघिदेखि भन्सार नाकाबाट आएको समान गोदाममा छापा हानेर बरामद गर्दै आएको छ । प्रहरीले विशेष अभियान सञ्चालन गरी भन्सार छलेर आएको समान बरामद गर्दै आएको बताउँदै आएको छ ।

वडा अध्यक्ष अवस्थीले भन्सार नाकामा जाँच नगरी समान छाड्ने र त्यसपछि व्यवसायीलाई दुःख दिने कार्य भएकाले नाकामा समान जाँचमा कडाई गर्नु पर्ने बताएका हुन् । उनले व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य तत्काल रोकिनु पर्ने बताएका छन् ।

‘अहिले आर्थिक मन्दी भई रहेका बेला व्यापारीहरुलाई दुःख दिएर अनावश्यक कार्यलाई तुरुन्त रोकिनु पर्छ’ वडा अध्यक्ष अवस्थीले फेसबुकमा भनेका छन्,‘बरु भन्सार कार्यालयमा चेकजाँच गरी राजश्व उठाउनु प¥यो, भन्सार कार्यालय छोड्ने, प्रहरीले अनावश्यक दुःख दिने ?’

महेन्द्रनगर बजारका व्यवसायीले केही दिन अघि प्रहरीले अनावश्यक दुःख दिएको भन्दै बजार बन्द गरेका थिए । कञ्चनपुर उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयबीच छलफलपछि बजार खुलेको थियो ।

प्रहरीले भारतीय सीमावर्ती सहरबाट साइकलमा समान केयरिङ्ग गर्ने व्यक्तिलाई निगरानीमा राखेर व्यवसायीका गोदाममा छापा हान्न सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा गत महिनामा गरिएको पत्रकार सम्मेनलमा प्रहरी उपरीक्षक कमल थापाले अवैध समान बरामद रेकर्ड तोड्ने बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...