महेन्द्रनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिडिमेड कञ्चनपुरले महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण) र प्रभा विद्या निकेतनबाट एसइई परीक्षामा उत्तीर्ण तीन विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।
सहकारीको ११ औं वार्षिक साधारण सभा उद्घाटन सत्रमा महेन्द्रनगर माविका राकेश भण्डारी र साहिल बम तथा प्रभात विद्या निकेतनकी खुसी पाण्डेयलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ ।
साधारण सभा उद्घाटन सत्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले उनीहरुलाई दुई हजार पाँच सय नगद सहित प्रमाण पत्र प्रदान गरे ।
२०७९ को एसइई परीक्षामा महेन्द्रनगर माविका भण्डारी र बम ३ दशमवल ७५ जीपीए र प्रभातकी पाण्डेय ३ दशमलव ७५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । उनीहरुका अभिभावक सहकारीमा शेयर सदस्य छन् ।
सहकारीका सचिव हर्क बहादुर चन्दले एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने सहकारीका शेयर सदस्यका छोरा छोरीलाई बर्सेनी पुरस्कृत गर्दै आएको बताए ।
‘हरेक वर्ष एसइईमा उत्कृष्ठ नतिजा ल्याउने सहकारीका शेयर सदस्यका छोरा छोरीमध्ये एक जना छात्र र एक छात्रालाई पुरस्कार दिने गर्छाै, त्यस अनुसार यस वर्ष समान दुई जनाले समान अंक ल्याएकोले छात्रमा दुई जना र एक जना छात्रलाई पुरस्कार दिएका छौ’ उनले भने ।
प्रभात विद्या निकेतनका प्रिन्सिपल शंकरदत्त भट्ट पाण्डेयले पुरस्कार ग्रहण गर्दा आफैं सहभागी भएका छ्न् । सहकारीका अध्यक्ष बहादुर चन्दले उत्कृष्ठ विद्यार्थीलाई सम्मान कार्यक्रम चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बताए ।
सहकारीका अध्यक्ष चन्दको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री रावलले सहकारीले समाजवाद उन्मूख राज्य व्यवस्थाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सुखी नेपाली, समृद्ध नेपाल बनाउन सहयोगी भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्द, पेशागत महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भट्ट, शिक्षक संगठनका सुदूरपश्चिम प्रदेश सदस्य खिमा चन्द, नेफस्कुनका कार्यालय प्रमुख यम डागी, सहकारीका सल्लाहकारहरु ध्रबुराज पण्डित, जगदीश जोशी, नेपाल बुद्धिजीवि परिषद्का अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेय, नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्ट लगायतले शुभ कामना मन्तव्य राखे ।
भानु पार्टी प्यालेशमा जारी वार्षिृक साधारण सभाको उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने तयारी गरिएको छ । बन्द सत्रमा वार्र्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ ।