ghar sansar

नैतिकताको खडेरी

little buddha academy
khasi

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोग योगराज ढकाल (रिगल) माथि थियो । रिगलले मानन्धरको हत्या गरेको पुष्टि भएको भन्दै अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । उनीसहित चार जनालाई जन्मकैद, एकजनालाई १० र अर्का एकलाई पाँच वर्ष कैद अनि अन्य सात जनालाई तीन÷तीन वर्षको कैद सजाय भएको थियो । सरकारको सिफारिसमा रिगलको कैद सजाय राष्ट्रपतिले ६० प्रतिशत मिनाहा गरेपछि उनी जेलबाट छुटेका थिए । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई दिएको कैदमिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ ।

dirghayi clinic

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका योगराज ढकाल (रिगल)ले संविधान दिवसको दिन सरकारबाट बाँकी कैद माफीमिनाहा पाएका थिए । व्यक्ति हत्यामा जन्मकैद सजाय पाएका रिगललाई कैद कट्टा गरी जेलमुक्त गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । ढकालले हत्या गरेको भनिएका चेतन मानन्धरकी पत्नी भारतीले उक्त रिट निवेदन दर्ता गराएकी थिइन् । कारागार प्रशासनले ४० प्रतिशत कैद भुक्तान गरेका कसुरदारलाई दिने कैद छुटको निर्णयमाथि गम्भीर प्रश्न उठाउदै सर्वोच्च अदालतले रिगल ढकालको कैद मिनाहालाई कानुन विपरीत मात्रै होइन, संविधानकै भावना प्रतिकुल भनी व्याख्या गरेको छ ।

,orning glory badhai

निश्चित प्रकृतिका जघन्य मुद्दाका कसुरदार बाहेक अरुले असल चालचलनका आधारमा कैद छुट पाउने व्यवस्था कारागार ऐन तथा नियमावलीमा छ । कारागार नियमावलीमा चालचलनका आधारमा ६० प्रतिशतसम्म कैद मिनाहा हुने व्यवस्था छ । सजायमा माफीमिनाहा गर्ने, घटाउने, छोट्याउने वा कट्टा गर्ने लगायतका जुनसुकै निर्णय गर्दा पनि वस्तुगत आधार र कारण खुलाउन आवश्यक हुने भन्दै सर्वोच्च अदालतले रिगललाई कैद मिनाहा गर्दाको आधार र कारण खोजेको छ । अदालती मिसिल र कागजातमा समावेश नभए पनि रिगल कैदमुक्त हुनुको प्रमुख कारण नेपाली कांग्रेसमा उनको आवद्धता र राजनीतिक संरक्षण भएको कुरा लुकेको छैन । राजनीतिक संरक्षणकै कारण मुलुकमा अपराध मौलाउदै गएको छ । राजनीतिक संरक्षण भएकाहरुले जस्तो अपराध गरे पनि छुट छ । राजनीनिक दलहरुसंग आबद्धता भएकै कारण ठूला ठूला अपराधमा संलग्नहरु खुलेआम घुमी राखेका छन् । अपराधीलाई संरक्षण गर्ने काम अहिलेसम्म सरकारमा रहेका मन्त्री प्रधानमन्त्रीले मात्र गर्ने गरेकोमा अब राष्ट्रपतिले पनि गर्न थालेका छन् । नैतिकताको खरेडी परेको मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिले नैतिकता देखाएर राजीनमा देलान भन्ने कल्पना गर्न सकिदैन र नैतिकताको खरेडी रहिरहने छ ।

Himal dental
सम्बन्धित
Loading...