
महेन्द्रनगर । भीमदत्त नगरपालिका–६ बाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । करिब एक लाख ९५ हजार चार सय मूल्यका अबैध सामान लुकाई राखेको अवस्थामा कञ्चनपुर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
विभिन्न किसिमका जुत्ता, चप्पल, भेष्ट, साइकल ट्युब, चिनी र गुड लगायत भन्सार छलीका सामान आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।
