ghar sansar

कर्णालीका भूकम्प पीडितलाई दोधारा चाँदनीका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब सहयोग

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको छ ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै जनप्रतिनिधि तथा कर्मचारीको एक दिन बराबरको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

,orning glory badhai

‘राती जाजरकोट केन्द्र बिन्दु भएर गएको बिनासकारी भुकम्पबा धनजनको क्षती भएको हुदा भुकम्प पिडितहरुलाई यस दोधारा चाँदनी नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि तथा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले एक दिन बराबरको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरियो’ दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकमा भनिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भूकम्पबाट नलगाडा नगरपालिकाका नगर उपप्रमुख लगाएत उक्त घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रंद्धाञ्जली व्यक्त गर्दै घाईते भएकाहरुको शीध्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...